२०७७ बैशाख ५

चीनमा कृषि सहकारी : एउटा गाउँको कथा

चीनमा कृषि सहकारी : एउटा गाउँको कथा

सन् २०१९ जुन महिना बिहानको समय, जु वेनफेङ् रिक्साबाट काक्राको भारी सहकारी बजारमा बिसाएर आफ्नो गाँउ फर्कन्छन् । उनलाई हतार छ, किनकी आज जुह्वान्गलु गाँउको सभा हलमा सहकारीको साधाण सभा हुने कार्यक्रम छ । घाम चर्किएको छ, त्यैपनि सभाहलको अगाडिको चौरमा मान्छेहरुको भिड जम्मा भएको छ । उनिहरु जु वेनफेङ् जस्तै बाइमेन्ग कृषि सहकारीका सदस्यहरु हुन् । कार्यक्रममा गाँउ सरकारका कर्मचारीको पनि उपस्थिति छ । साधारण सभाको व्यवस्थापनमा उनिहरु सघाइरहेका छन् । गाँउ सरकारले सहकारीलाई ३० हजार युयान बराबरको मल उपहार दिने कार्यक्रम पनि छ, आजै । कार्यक्रम शुरु भएको छ । गाँउलेहरु खुशी देखिएका छन् ।

जु झेनडोङ्, उनि गाँउ कम्यूनिष्ट पार्टीको महा–सचिव हुन् । उनी गाँउको वारेमा बेलिबिस्तार लगाउँछन् । झेनडोँग पनि सहकारीको एउटा सञ्चालक नै हुन् । उनी सुनाउछन् यो गाँउमा सहकारी खोल्नु अघि यसरी मान्छेहरु जम्मा हुने कल्पना सम्म गर्न सकिन्थेन रे । जब चीनले १९८० को दशकमा कम्यूनमा आधारित समाजवादको अन्त्य गर्यो, गाँउलेहरु आ–आफ्नो जग्गा कमाउन फर्किए । त्यसपछिको तीन दशक पछिसम्म पनि मानिसहरु केवल विबाह र मलामीको लागि मात्र एक ठाउमा भेला हुन्थे रे । उनका अनुसार सन् २०११ मा सहकारीको स्थापना भएपछि एक आपसमा सहयोगको भावनाको विकास भयो । यो कुरो सभामा सहभागी हुन आएका अन्यबाट पनि पुष्टि भयो । सहकारीका वार्षिक भेलाका कारण यो बातावरण थप प्रभावकारी बन्दै गयो । यो सभालाई गाँउलेहरु सामुदायिक सहकार्यको माध्यम ठानेका छन् ।

बाइमेन्ग जस्तो संस्थाको जन्म हुनुमा सन् २००७ को कृषि सहकारी ( Farmer’s Specialized Cooperatives Act ) ऐनको देन रहेछ । यसैका आधारमा राज्यले कृषि सहकारीहरुलाई सहयोग गर्न थालेको रहेछ । अहिले यस्ता सहकारीहरु देशैभरी स्थापना भएका छन् । सन् २००७ मा जम्मा २६ हजार कृषि सहकारी रहेकोमा अहिले यिनको संख्या २० लाख ( २०१८ मे ) पुगेको छ । यी सहकारीहरुमा ११ करोड ७० लाख भन्दा बढी ग्रामीण घरपरिवार सदस्य भएका छन् । यो भनेको झण्डै ४८ प्रतिशत ग्रामीण घरपरिवार कृषि सहकारीमा जोडिएका छन् भन्ने हो।

सरकारले ग्रामीण भेगमा रहेका स–साना टुक्रा जग्गामा स्वामित्व भएका करोडौ किसानहरुको जीवनस्तरमा कृषि सहकारी मार्फत परिवर्तन चाहेको छ । अध्यनबाट केही चुनौतिहरु पनि देखिएको छ । जस्तै, सहकारीको व्यवस्थापन माथि सदस्यहरुको विश्वासको अवस्था कमजोर नै देखिन्छ । सहकारीहरुले तय गरेका लक्ष्यहरु वास्तविक बन्न सकेका छैनन् । सदस्यहरुलाई अझै पनि विगतको कम्यूनको सम्झनाले तर्साउने गरेको छ ।

राज्यको योजना यस्ता सहकारी मार्फत कृषि उत्पादनमा बृद्धि गर्ने र यसरी किसानहरुले उत्पादन गरेको उपजहरुलाई औधोगिक चेन (उत्पादन, भण्डारण, प्रशोधन, ढुवानी र बजार ) मा जोड्ने रहेको छ । सहकारीको प्रबर्द्धनमा लागिरहेका सरकारी कर्मचारीहरु यसबाट छरिएर रहेका किसानहरुलाई एक ठाँउमा ल्याउने, उनिहरुकै सहभागितामा ठूला ठूला कृषि फार्महरुको विकास गर्ने, कारोवारको दायरालाई फराकिलो बनाउने र किसानहरुलाई उनिहरुको उत्पादनको उचित मूल्यका लागि बार्गेनिङ् गर्ने क्षमता अभिबृद्धि गर्न सकिने विश्वासमा छन् ।

सन् २०११ मा बाइमेन्ग कृषि सहकारीको स्थापना गर्दा गाँउ पार्टी सचिव जु झेनडोगको अभिलाषा गाँउको आर्थिक विकास नै रहेको थियो । उनको प्रयास यतिखेर सफल सावित भएको छ । सहकारी गठन भएपछि अहिले गाँउमा आधुनिक खेती गर्न ७२ वटा वीन्टर प्रुफ ग्रिनहाउस र १६४ वटा स्टील पाइप ग्रिनहाउसको निर्माण भएको छ । तर्कारी उत्पादनबाट किसानहरु सन्तुष्ट देखिए पनि सानो आकारको जग्गाबाट व्यावसायिक कारोबारको सम्भावना भने अझै कमजोर नै देखिएको छ ।

एकजना किसानको स्वामित्वमा औसत ०. १६ एकड (१ मु ) जग्गा मात्र छ, जवकी एउटा विन्टर प्रुफ ग्रिनहाउस बनाउन यसको चार गुणा बढी जग्गा चाहिदो रहेछ । सरकारले ग्रिनहाउस प्रविधिबाट खेती गर्न फेमिली फार्मिङ्का लागि कम्तीमा २० मु जग्गा चाहिने मापदण्ड तोकेको छ ।

अर्कोतिर किसानहरु आफूहरुलाई आवश्यक पर्ने मल, विषादी, कृषि सामाग्रीहरु संयुक्त रुपमा खरीद गर्ने तथा अन्य लजिस्टिक र बिक्री व्यवस्थापनको लागि उपयुक्त संरचनाको चाहना राख्दछन् जसले गर्दा उनिहरुको खरीद बिक्री मूल्यमा वार्गनिङ् पावर पनि बृद्धि हुन्छ । तर यसका लागि स्थानिय सरकार तयार भई सकेको छैन ।

सहकारी स्थापना गर्दा नै जु जेनडोङ्ले सहकारी गैह्र नाफामूलक व्यवसाय हो भन्ने कुरा बुझेका थिएँ। किसानहरु भने सामूहिक व्यवसायको लागि तयार थिएनन् । उनिहरु आफ्नो खेतबारीमा अरु कोही पसेको मन पराउदैन थिएँ । उत्पादन बजार लैजाने वा कृषि सामाग्रीहरु खरीद गर्ने विषयमा पनि उनिहरु सहकारीको भर गर्ने अवस्थामा नै थिएनन् । अझ स्थानीय सरकार र अन्य गाँउका किसानसँगको सहकार्यले किसानहरुलाई उनिहरुको कमाईमै धक्का लाग्न सक्छ भन्ने त्राश थियो । स्थापनाकै वेलामा सदस्य बनेका जु वेनफङ्लाई पनि यस्तै लागेको रहेछ ।

यी समस्याहरु आंशिक त विगतको भोगाई थियो । सहकारीले किसानहरुको वार्गेनिङ् शक्ति बृद्धि गर्ने र आफ्नो उत्पादनसँग सम्बन्धित विषयमा स्वयं निर्णय लिने अधिकारको रक्षा गर्दछ । तर किसानहरुमा सामुहिक उत्पादन र कम्यूनको विगतको अभ्यासका कारण सहकारी माथि पनि विश्वास जगाउन ज्यादै गाह्रो भएको थियो । यसकारण बाइमेन्ग सहकारीका सञ्चालकहरुले कडा परिश्रम गर्नु पर्यो ।

यो सहकारीमा त्यही गाँउका १ सय भन्दा बढी घरपरिवारका व्यक्तिहरु सदस्य रहेका छन् । सहकारी स्थापना अघि गाँउका बासिन्दाहरु ज्यादै कष्टपूर्ण जीवन विताइरहेका थिएँ । उध्योगधन्दा नभएकोले युवाहरु कामका लागि शहरतीर पलायन भएका थिएँ । प्रायजसो किसानहरु कर्जाको बोझमा थिएँ । सार्वजनिक र सरकारि सुबिधाहरुको अभाव थियो । समुदायमा सांस्कृतिक गतिविधीहरु सिमित थिएँ । जुवा तास र जाडरक्सीको कुलतमा मानिसहरु फसेका थिएँ । स्थानिय नेता र जनताहरु बीच दुरी बढेको थियो । घरपरिवार बीच मतभेद र वैमनस्यताको अवस्था थियो ।

अब सहकारी गाँउको आर्थिक र सामाजिक समस्याहरु समाधान गर्दै जाने अवस्थामा पुगेको छ । कामको खोजीमा अन्य शहरमा गएका युवाहरुलाई फर्काउन थालेको छ । खेती गर्न नसक्नेहरुको जग्गा लिजमा लिई सक्नेले कमाउने प्रबन्ध मिलाइएको छ । स्थानीय जनप्रतिनिधि र कर्मचारीहरुसँग समन्वय र सहकार्यको वातावरण बनाउन सहकारी सफल भएको छ । सहकारीले गाँउलेहरुलाई सीप, अनुभव र ज्ञानको आदान प्रदान एवं सहकार्यका लागि साझा प्लेटफार्म उपलब्ध गराएको छ ।

सहकारीको यो छोटो विश्लेषणले गाँउको आर्थिक र व्यावसायिक पक्षभन्दा चीनको ग्रामीण क्षेत्रमा पुन: सामाजिक पूँजीको आधार तयार भएको तस्विर हामी समक्ष प्रस्तुत गरेको छ ।

अनुवादक : सुदर्शन प्रसाद ढकाल

English Translator: David Ball

Editors: Lu Hua and Kilian O’Donnell