२०७७ श्रावण १५

बागमती प्रदेशमा एकैदिन तीन वटा सहकारी संघलाई दर्ता प्रमाणपत्र

बागमती प्रदेशमा एकैदिन तीन वटा सहकारी संघलाई दर्ता प्रमाणपत्र

काठमाडौं । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एकैदिन तीनओटा प्रदेश स्तरीय सहकारी संघलाई दर्ता प्रमाणपत्र प्रदान गरेको छ ।

मन्त्रालयले हिजो (साउन १४ गते) प्रदेश राजधानी हेटौंडामा एक औपचारिक कार्यक्रमको आयोजना गरेर प्रदेश सहकारी संघ, प्रदेश बचत तथा ऋण सहकारी संघ र प्रदेश कृषि सहकारी संघलाई प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलले प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटा र प्रदेश कृषि सहकारी संघका अध्यक्ष डिल्ली प्रसाद पाठकलाई दर्ता प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

बागमती प्रदेशका सहकारीकर्मीहरुले गत असोजमा सम्पन्न भेलबाट प्रदेश सहकारी संघको तदर्थ संचालक समित र लेखा समिति गठन गरेर दर्ता प्रकृया अगाडि बढाएका थिए । कोरोना महामारी र लकडाउनका कारण दर्ता प्रकृया लम्विएको हो ।

कार्यक्रममा बागमती प्रेदश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, मन्त्रालयका सचिव डा. योगेन्द्र कार्की, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्याल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेती, केन्द्रीय कृषि सहकारी संघका अध्यक्ष खेम पाठक, बागमती प्रदेश लोकसेवा आयोगका सदस्य एवं सहकारी विभागका पूर्व रजिष्ट्रार सुदर्शन प्रसाद ढकाल, प्रदेश सहकारी रजिष्ट्रार विक्रम पाण्डे लगायत सरकारी अधिकारी तथा सहकारी अगुवाहरुको उपस्थिति रहेको थियो ।

सहकारी ऐन, २०७४ को दफा ६ मा सहकारी व्यवसायको विकास, प्रवद्र्धन तथा बजारीकरण लगायतका कार्यमा टेवा पु¥याउनका लागि प्रदेश विषयगत सहकारी संघ गठन गर्न सक्ने व्यवस्था छ ।

यसका लागि प्रदेश भित्रका कम्तीमा पाँच वटा जिल्लाका पच्चीस वटा विषयगत सहकारी संस्थाहरू वा विषयगत जिल्ला सहकारी संघहरुले दर्ताका लागि निवेदन दिनुपर्ने व्यवस्था छ । ‘तर यसरी संघ गठन गर्दा दर्ता भएका प्रदेशभरि पचास प्रतिशतभन्दा बढी जिल्ला विषयगत सहकारी संघहरु समावेश गरिएको हुनुपर्नेछ’, ऐनमा उल्लेख छ ।

यसैगरी ऐनको दफा ७ मा ‘कम्तीमा पाँच वटा जिल्लाका एकतीस वटा संस्थाहरू वा जिल्ला सहकारी विषयगत संघहरु वा जिल्ला सहकारी संघहरु वा प्रदेश विषयगत सहकारी संघहरु आपसमा मिली प्रदेश सहकारी संघ गठन गर्न सक्ने’ व्यवस्था गरिएको छ ।

संघ गठन गर्दा प्रदेश भरी दर्ता भएका जिल्ला विषयगत सहकारी संघहरु, जिल्ला सहकारी संघहरु र प्रदेश विषयगत सहकारी संघहरु प्रत्येकको पचास प्रतिशतभन्दा बढी संघहरु समावेश गरिएको हुनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

बागमती प्रदेश सहकारी संघका पदाधिकारीहरुः

संचालक समिति

अध्यक्ष : रामशरण शर्मा घिमिरे
उपाध्यक्ष : जगत महर्जन
महिला उपाध्यक्ष : सिता ढकाल
सचिवः भिमप्रसाद दहाल
सह–सचिवः देवराज न्यौपाने
कोषाध्यक्ष : टिकाराम भट्टराई
सदस्य : अम्विका थापा
सदस्य : दुर्गा कार्की
सदस्य : विमल ढकाल
सदस्य : कृष्णभक्त नेपाल
सदस्य : हेमलता मुडभरी धिताल
सदस्य : विमला (वालकुमारी) श्रेष्ठ
सदस्य : कृष्ण प्रसाद तिमल्सिना
सदस्य : दिपक शर्मा जंगम
सदस्य : मेनका दाहाल

लेखा समिति
संयोजक : नेत्रराज पौडेल
सदस्य : कुलप्रसाद देवकोटा
सदस्य : लक्ष्मी गिरी

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका पदाधिकारीहरुः

संचालक समिति

अध्यक्ष : उद्धव सापकोटा
वरिष्ठ उपाध्यक्ष : प्रकाश श्रेष्ठ
महिला उपाध्यक्ष : राधा सिन्तान
महासचिव : जिवसराज खड्का
सचिव : कमलराज अधिकारी
कोषाध्यक्ष : टाप बहादुर श्रेष्ठ
सदस्य : रामहरि के.सी.
सदस्य : इन्द्र घिमिरे
सदस्य : तेजेन्द्र खड्का
सदस्य : कृष्ण गोविन्द लाखाजु
सदस्य : ओम प्रकाश आचार्य
सदस्य : जगन्नाथ दाहाल
सदस्य : ठाकुर प्रसाद बास्कोटा
सदस्य : देवी दुलाल
सदस्य : कृष्णहरि कोइराला

लेखा समिति

संयोजक : केशव प्रसाद दंगाल
सदस्य : रमेश श्रेष्ठ
सदस्य : रमिला श्रेष्ठ

बागमती प्रदेश कृषि सहकारी संघका पदाधिकारीहरुः

संचालक समिति

अध्यक्ष : डिल्ली प्रसाद पाठक
उपाध्यक्ष : विमला कार्की
सचिव : राम बहादुर विश्वकर्मा
कोषाध्यक्ष : रुपा सापकोटा
सदस्य : श्रीराज पोखरेल
सदस्य : कर्ण बहादुर तामाङ
सदस्य : उत्तम सापकोटा
सदस्य : राधिका पौडेल
सदस्य : नर बहादुर नेपाल
सदस्य : राधिका कुमारी क्षेत्री
सदस्य : निर्मला लम्साल
सदस्य : टिका देवकोटा
सदस्य : देव प्रसाद कोईराला
सदस्य : मित्रलाल चौलागाई

लेखा समिति

संयोजक : रत्नहरि सञ्जेल
सदस्य : इन्द्र बहादुर श्रेष्ठ
सदस्य : रुद्र प्रसाद अभागी अधिकारी