२०७७ श्रावण १७

जेष्ट आईडियोलोजीको रक्तदान कार्यक्रममा १ सय १८ पिन्ट रगत संकलन

जेष्ट आईडियोलोजीको रक्तदान कार्यक्रममा  १ सय १८ पिन्ट रगत संकलन

काठमाडौं । खिचापोखरी, न्यूरोडमा मुख्य कार्यालय रहेको जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले वृहत्त रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध र संगम हातेमालो समाजसंग मिलेर संयुक्तरुपमा आज (साउन १७ गते) आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय १८ पिन्ट रगत संकलन भएको छ ।

मुलुकमा कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण रगत संकलन प्रभावित भएर कतिपय अस्पतालमा विरामीको उपचारमा समस्या परेकाले संस्थाले रक्तदान कार्यक्रम राखेको संस्थाका कार्यकारी संचालक हेम कार्कीले बताउनुभयो ।

संस्थाले विभिन्न समयमा मानव सेवा र वातावरण सम्वन्धी गतिविधि गर्ने क्रममा आज एक वृक्षारोपण कार्यक्रम समेत सम्पन्न गरेको जानकारी दिनुभयो ।

बागमती प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालको प्रमुख आतिथ्यमा अयोजित कार्यक्रममा बागमती प्रदेशका सांसद मणिराम फुयाल विशिष्ट अतिथिका र कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापा विशेष अतिथि रहनुभएको थियो ।

सो अवसरमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ का अध्यक्ष जीवन थापा लगायत विभिन्न संघ/संस्थाका प्रतिनिधिहरु अतिथि रहनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेपालले वृक्षारोपण गरेपछि विरुवाको उचित संरक्षण गर्न आग्रह गर्नुभयो । उहाँले मुलुक विरुवाका लागि आत्मनिर्भर बन्नुपर्ने कुरामा जोड दिँदै मन्त्रालयले दुई वटा ठूला नर्सरी संचालनमा ल्याउन लागेको बताउनुभयो ।