२०७७ श्रावण १८

टुपेक कृषि सहकारीको सातौं वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व

टुपेक कृषि सहकारीको सातौं वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका–१३, नयाँवस्तीमा रहेको टुपेक कृषि सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष सकिना श्रेष्ठको अध्यक्षतामा साउन १७ गते सम्पन्न समारोहमा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष श्री कृष्ण श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो ।

संस्थाको सातौं वार्षिक साधारण सभाले आगामी चार वर्षका लागि नयाँ संचालक समिति र लेखा सुपरीवेक्षण समिति चयन गरेको छ ।
साधारण सभाबाट संचालक समितिको अध्यक्षमा सरोजराज श्रेष्ठ निर्वाचित हुनुभएको छ । यसैगरी सचिवमा सुवास श्रेष्ठ र कोषाध्यक्षमा रोमन श्रेष्ठ चयन हुनुभएको छ । नयाँ कार्य समितिलाई मिलन श्रेष्ठले सफल कार्यकालको शुभकामना दिनुभयो ।

सधारण सभाले संचालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा समितिको प्रतिबेदन माथि छलफल गरेर पारित गरेको छ ।