२०७७ कार्तिक २६

पोखरा रोयल साकोसको १९ औं बार्षिक साधारण सभाको सूचना

पोखरा रोयल साकोसको १९ औं बार्षिक साधारण सभाको सूचना

कास्की । पोखरा बुद्धचोकमा रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो उन्नाइसौ बार्षिक साधारण सभा मिति २०७७ मंसिर १३ गते देखी २७ गते सम्म सम्पन्न गर्ने भएको छ । मिति २०७७ भाद्र ११ गते बसेको संचालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो । संस्थाले दिएको जानकारी अनुसार बार्षिक साधारण सभाका प्रतिवेदनहरु संस्थाको वेबसाइटमा हेर्न सक्ने ब्यावस्था गरीएको छ । सो प्रतिवेदन माथी सदस्यहरुले आफ्नो राय,जिज्ञासा तथा सुझाव भएमा सदस्य सहभागीता फारम र संस्थाको फेसबुक पेजमा राखीएको गुगल फर्ममा आफ्नो सुझाव भरी मंसिर २६ गते भित्र पठाउन समेत सुचित गरेको छ । संस्थाले साधारण सभामा उपस्थित हुनुहुने सदस्यहरुलाई नेपाल सरकारवाट निर्देसित कोरोना भाइरसवाट सुरक्षित रहनका लागी जारी गरीएको स्वास्थ्य संबन्धी मापदण्ड अनुसार काक्स प्रयोग गर्न र भौतिक दुरी कायम गर्नका लागी अनुरोध समेत गरेको छ ।