२०७७ कार्तिक २७

बिन्धवासिनीको साधारण सभा मंसिर १० देखि २४ सम्म

काभ्रे । बनेपा–७, पनौतीमा कर्पोरेट कार्यालय रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले २७ औं वार्षिक साधारण सभा आगामी मंसिर १० देखि २४ गते सम्म संचालन गर्ने भएको छ ।

संस्थाले एक सूचना प्रकाशित गरेर कोरोना भाईरस (कोभिड–१९) महामारीको संक्रमण जोखिमका कारण झन्डै दुई साता लगाएर साधारण सभा गर्नलागेको जनाएको छ ।

सरकारले तोकेको न्यूनतम स्वास्थ्य मापदण्ड पालना गरेर संस्थाले सदस्यहरुलाई सम्बन्धित सेवा केन्द्रमा बोलाएर साधारण सभा सम्पन्न गर्नलागेको हो ।