ललितपुर बचत संघको आयोजनामा पर्ल्स तालिम

ललितपुर बचत संघको आयोजनामा पर्ल्स  तालिम
गृहपृष्ठ | 2021-01-21 Share

ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले पर्ल्स निरीक्षण प्रणालीको विषयमा तालिम दिएको छ ।
तालिममा जिल्लाका विभिन्न विषयगत सहकारी संस्थाहरुबाट २८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । 
सहकारीको लेखा ब्यवस्थानका लगि आवश्यक पर्ल्सका विभिन्न इन्डिकेटरहरुको अभ्यास  गरि त्यसको आधारमा संस्थाहरुले संस्थाको व्यवसायिक योजना तथा पोलिसि निर्माण गर्ने आदि विषयहरु समावेश गरि तालिम सञ्चालन गरिएको थियो । 
त्यस्तै तालिम समापनको अवसरमा बोल्दै संघका अध्यक्ष रामहरि बजगाईले सहकारी संस्थाहरुमा पर्ल्सलाई अनिवार्य लागु गरि सहि तरिकाबाट लेखा राखी पर्ल्सलाई संस्थागत विकासको अधारभूत कुराहरुको रुपमा लिई यसलाई सही रुपमा कार्यान्वयन गर्न सबै सहभागीहरुलाई सुझाव दिनुभयो । 
त्यस्तै शिक्षा तालिम उपसमिति संयोजक करुणारत्न बज्राचार्यले सहकारीहरुको व्यवस्थापनमा लेखापालन तथा पर्ल्सको महत्वलाई सबैले अंगीकार गर्दै अन्तर्राष्ट्रिय लेखा मापदण्ड अनुरुप लेखा राख्न सबैलाई आग्रह गर्नुभयो
तालिममा सहभागी अधिकांश प्रशिक्षार्थीहरुले यस तालिमबाट आफूले संस्थाले पल्स अनुसार हिसाब किताबहरु सही ढंगबाट राख्न सकिने र संस्थाको व्यावसायिक योजना तथा संस्थाको लागि आवश्यक विभिन्न पोलिसि निमार्ण गर्नको लागि सहयोगी हुने अपेक्षा गरेका थिए । 
बचत ऋण सहकारी संस्थाहरुलाई लक्षित गरी यो तालिम आयोजना गरिएको थियो । यस तालिमलाई प्रशिक्षक अनिलवीर बज्राचार्यले सहजीकरण गर्नुभएको थियो । तालिम कार्यक्रम माघ ४ र ५ गते सञ्चालन गरेको संघका ब्यवस्थापक सन्तोष बजगाईले जानकारी दिनुभयो ।