ओखलढुंगाको मोलुङमा सहकारी सचेतना जागरण तालिम

ओखलढुंगाको मोलुङमा सहकारी सचेतना जागरण तालिम
गृहपृष्ठ | 2021-02-11 Share

काठमाडौ । जिल्ला सहकारी संघ, ओखलढुंगाले मोलुङ गाउँपालिकामा सहकारी सचेतना जागरण तालिम संचालन गरेको छ । 

प्रदेश नं. १ को सहकाकारी प्रशिक्षालय, ईनरुवासंग सहकार्य गरेर संघले आयोजना गरेको तीन दिवसीय तालिम कार्यक्रम हिजो (माघ २८ गते) सम्पन्न भएको हो ।

तालिम कार्यक्रममा मोलुङ गाउँपालिकाका ३० जना सहकारीकर्मीहरुको सहभागिता रहेको जिल्ला सहकारी संघ, ओखलढुंगाका अध्यक्ष खिला नाथ दाहालले जानकारी दिनुभयो ।

सहकारी प्रशिक्षालयका लिला बल्लभ चापागाईको अध्यतामा आयोजित तालिम कार्यक्रम जिल्ला संघका अध्यक्ष खिला नाथ दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

मोलुङ गाउँपालिकामा सहकारी अभियानको आवश्यकता र महत्व वोध गराउने उद्देश्यले जागरण कार्यक्रम आयोजना गरेको अध्यक्ष दाहालले बताउनुभयो ।