पाँच तारा साकोसको एटीएम सेवा सुरु, नियमित बचत गर्ने सदस्यलाई नि:शुल्क एटीएम कार्ड

पाँच तारा साकोसको एटीएम सेवा सुरु, नियमित बचत गर्ने सदस्यलाई नि:शुल्क एटीएम  कार्ड
गृहपृष्ठ | 2021-02-17 Share

काठमाडौं । पुरानो सिनामंगलमा रहेको पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले एटिएम सेवा शुरु गरेको छ ।

संस्थाले हिजो एक औपचारिक कार्यक्रमको आयोजना गरेर एटीएम  सेवा शुभारम्भ गरेको हो । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सेवाको उद्घाटन गर्नुभएको हो । 

एटीएम बुथको उद्घाटन पश्चात मन्तव्य राख्दै प्रमुख अतिथि कडेलले सहकारी क्षेत्रलाई डिजिटाइजेशन गर्न केहि कानुन परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गर्दै  यसका लागि  महासंघले अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग पहल गरिरहेको बताउनुभयो । 

संस्थाका अध्यक्ष भोलानाथ पाठकले यस भेगमा कुनै पनि बैंक तथा वित्तीय संस्था नहुँदा आफूहरुले सहकारी संस्था स्थापना गरेर  सदस्यहरुलाई सेवा दिन थालेको स्मरण गर्नुभयो। संस्थाले केहि  वर्ष अगाडि नै एटिएम सेवा शुरु गर्ने योजना बनाएको भएपनि केहि समय ढिला हुन गएको बताउनुभयो । 

उहाँले संस्थाले यस अघि नै मोबाइल बैंकिङ सेवा  सञ्चालनमा ल्याएर  सदस्यहरुलाई युटिलिटी पेमेन्ट, ब्यालेन्स चेक तथा ट्रान्सफर जस्ता सुविधा दिँदै आएको जानकारी गराउनुभयो  । 

एटिएम सेवा सञ्चालनमा ल्याउन त्यति सहज नभएको र खर्चालु समेत रहेकाले त्यसलाई व्यवस्थापन गर्दै जानु थप चुनौति रहेको बाताउनुभयो  । उहाँले भन्नुभयो, ‘एटिएम सेवा शुरु गर्नु ठूलो होइन, तर  यसलाई निरन्तरता दिने र सदस्यमाझ पु¥याउनु महत्वपूर्ण हो, सबै सदस्यलाई एटिएम सेवा लिन आग्रह गर्छु ।’

संस्थाले नियमति मासिक बचत गर्ने र उद्यम कोष खाता खोल्ने सदस्यहरुलाई बिना शुल्क एटिएम कार्ड उपलब्ध गराउने जनाएको छ । अन्य सदस्यले भने २५० रुपैया शुल्क तिरेर डेबिट कार्ड लिन सक्नेछन् । 

संस्थाले  एससीटी नेटवर्कसंग सहकार्य गरेर एटीएम सेवा सुरु गरेको हो । संस्थाका सदस्यले नेटवर्कमा  आवद्ध जुनसुकै संस्थाको मेशिनमा कार्ड  स्वाप गरेर भुक्तानी लिन सक्ने संस्थाले जनाएको छ  । त्यसैगरी ई–कमर्श, वालेट जस्ता प्लाटफर्ममा कार्ड एड गरेर विभिन्न वस्तु खरिद तथा सेवा उपभोग गर्न सकिनेछ । 

संस्थाले सोही अवसरमा सिटिजन्स लाईफ इन्स्योरेन्ससँग सदस्यहरुको ऋणको सुरक्षणका लागि बीमा सम्झौता समेत गरेको छ भने संस्थाको सम्पूर्ण अद्यावधिक कारोबार डिस्प्ले गर्नका लागि डिजिटल बोर्ड समेत जडान गरेको छ ।