काभ्रे बचत संघका सदस्यले पाए सवा दुई लाख सम्म फिर्ता 

काभ्रे बचत संघका सदस्यले पाए सवा दुई लाख सम्म फिर्ता 
समाचार | 2021-02-21 Share

काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघले संरक्षित पूँजी फिर्ता कोषको रकम वितरण गरेको छ । 

संघले गत आर्थिक वर्षमा सदस्य संस्थाहरुले गरेको कारोबारको आधारमा सहकारी ऐन र नियमावली अनुसार कोषको रकम वितरण गरेको हो । 

संघमा आवद्ध सदस्य संस्थामध्ये आर्थिक विकास बचत तथा ऋण सहकारी संस्था (साकोस)ले २ लाख २५ हजार, मण्डन देउपुर साकोसले २ लाख १० हजार, बुडोल सामुदायिक साकोसले १ लाख ८७ हजार , अजिमा साकोसले १ लाख ८४ हजार, विन्धवासिनी साकोसल १ लाख ६८ हजार, सक्षम साकोसले १ लाख ६२ हजार र सफल साकोसले १ लाख २४ हजार रुपैया फिर्ता पाएका छन् । 

त्यसैगरी परिकल्पना साकोसले ९९ हजार, एकता साकोसले ८८ हजार, कृति साकोसले ६७ हजार, आवास साकोले ६६ हजार, युवा साकोसले ५५ हजार, एक्स्प्रेस साकोसले ५५ हजार, जागृत कुशादेवी साकोसले ५१ हजार र सम्वृद्धि साकोसले ५१ हजार रकम उक्त कोषबाट फिर्ता पाएका छन् । 
संघले कोषको रकम सम्बन्धित संस्थाको खातामा जम्मा गरिदिएको जनाएको छ ।