सीतापाईला बहुउद्देश्यीयको ‘क्यूआर कोड’ सेवा सुरु

सीतापाईला बहुउद्देश्यीयको ‘क्यूआर कोड’ सेवा सुरु
समाचार | 2021-02-22 Share

काठमाडौं । सीतापाईलामा मुख्य कार्यालय रहेको सीतापाईला बहुउद्देश्यीय सहकारी संस्थाले ‘क्यूआर कोड’ सेवा सुरु गरेको छ ।

संस्थाले नगद रहित कारोबारलाई प्रबद्र्धन गर्ने उद्देश्यले फागुन नौ गते बाईसौं स्थापना दिवसको उपलक्ष्यमा ‘क्यूआर कोड’ सेवाको शुभारम्भ गरेको हो ।

सदस्यहरुले संचालन गरेको तरकारी पसल, चियापसल, औषधि पसल, फलफूल पसल तथा सवै व्यापारिक स्थानमा क्यूआर कोड मार्फत भुक्तानी गर्ने व्यवस्था गरेको संस्थाले जनाएको छ । 

संस्थाले केही बर्ष देखि डिजिटल प्रविधि मोवाईल एप्स मार्फत सदस्यलाई मिनि स्टेटमेण्ट, मोबाईलमा टपअप, विजुली, टेलिफोन, इन्टरनेट आदि सेवाको बिल भुक्तानी, हवाई सेवाको टिकट बुकिङ्ग लगायतका सेवा दिँदै आएको थियो । 

उक्त एपमा क्यूआर कोड सेवा थप गरेर मुलुकभरिका सबै सपिङ्ग सेन्टर, अस्पताल, रेष्टुरेण्ट तथा होटलहरुमा सीतापाईला सहकारीको मोबाइल एप्स मार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको हो ।