काठमाडौंका सबै स्थानीय तहमा जिल्ला सहकारी संघको नगर उप–समिति

काठमाडौंका सबै स्थानीय तहमा जिल्ला सहकारी संघको नगर उप–समिति
गृहपृष्ठ | 2021-02-23 Share

काठमाडौं । जिल्ला सहकारी संघ लिमिटेड, काठमाडौंले नगर उप–समितिका पधाधिकारीलाई शपथ ग्रहण गराएको छ ।

फागुन १० गते एक कार्यक्रमको आयोजना गरेर संघले गठन गरेका ११ वटा नगर उप–समितिका पदाधिकारीलाई शपथ ग्रहण गराएको हो ।

जिल्ला संघले गत पुसमा सम्पन्न २१ औं वार्षिक साधारण सभाबाट विनियम संशोधन गरेर जिल्ला भित्रका सबै नगरपालिकामा नगर उप–समिति गठन गर्ने निर्णय गरेको संघका अध्यक्ष ज्ञान बहादुर तामाङले बताउनुभयो ।

संघले जिल्ला भित्रका सबै स्थानीय तहमा ११ सदस्यीय नगर उप–समिति गठन गरेको उहाँले बताउनुभयो ।

कार्यक्रम राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीको प्रमुख आतिथ्यमा संचालन भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै उहाँले नगर उप–समितिका पदाधिकारीहरुलाई सम्बन्धित नगरपालिका भित्रका सहकारी संस्थाको समस्या समाधान गर्ने काममा सहजीकरण गर्न आग्रह गर्नुभयो ।