स्मरण साकोसको १३ औं स्थापना दिवसमा रक्तदान

स्मरण साकोसको १३ औं स्थापना दिवसमा रक्तदान
समाचार | 2021-02-28 Share

काठमाडौ । अनामनगरमा रहेको स्मरण बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

संस्थाले १३ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए । 

रगत अभावमा कोहि कसैले ज्यान गुमाउनु नपरोस भन्ने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको संस्थाका प्रबन्धक निर्मल प्रसाद हुमागाईले बताउनुभयो । आगामी दिनमा संस्थाले सामाजिक कार्यहरुलाई अझ बृहत बनाउदै लैजाने र आफ्ना सदस्यलाई सहकारी सम्बन्धी शिक्षा समेत सञ्चालनमा ल्याउने योजना रहेको हुमागाईले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष ठाकुरप्रसाद त्रिपाठीले शेयर सदस्यहरुको मर्म र भावना अनुरुप सञ्चालन भइरहेको संस्थामा १ हजार १ सय ६५ जना शेयर सदस्य र ८ सय जना नियमित बचतकर्ता रहेको जानकारी दिनुभयो । 

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्याल, नेफ्स्कूनका पूर्व सञ्चालक तथा संस्थाका सल्लाहकार नारायणप्रसाद शर्मा गैरे, कोशी पूर्व बचत तथा ऋण सहकारी संस्था लि.का पूर्व अध्यक्ष रेणुका चौलागाई लगायतले शुभकामना मन्तव्य राख्नुभयो ।