मेगाड्रिम बहुउद्देश्यीयको छैंठौं सदस्य सेवा केन्द्र थानकोटमा

मेगाड्रिम बहुउद्देश्यीयको छैंठौं सदस्य सेवा केन्द्र थानकोटमा
समाचार | 2021-02-28 Share

काठमाडाै । बालाजुमा रहेको मेगाड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले चन्द्रागिरि नगरपालिकामा सेवा केन्द्र विस्तार गरेको छ ।

संस्थाले एक कार्यक्रमको आयोजना गरेर  नगरपालिकाको वडा नं ५, थानकोटमा छैंठौं सदस्य सेवा केन्द्र विस्तार गरेको हो ।

संस्थाका सीइओ इन्द्र प्रसाद गेलालले वार्षिकोत्सवकै अवसरमा सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना रहेको भए पनि विविध कारणले गर्दा केहि ढिलाई हुन गएको बताउनुभयो ।

संस्थाले कृषि, आवास जस्ता केहि नयाँ परियोजना सञ्चालनका लागि अध्ययन गरिरहेको र त्यसका लागि आन्तरिक रुपमा कार्यविधि बनाउने काम जारी रहेको बताउनुभयो ।

संस्थाले सदस्यहरुको सुविधालाई ध्यानमा राखी ‘फोन पे’ मार्फत संस्थाबाट बैंक र बैंकबाट संस्थामा रकम ट्रान्सफर गर्न सकिने सुविधा ल्याएको जनाउनुभयो  । संस्थाले यस अघि नै एटिएम र मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याइसकेको छ ।

संस्थाले सदस्यहरुलाई निश्चित वर्ष नियमित बचत गरेपश्चात पेन्सन उपलब्ध गराउने सहितको पेन्सन बचत योजना सञ्चालनमा ल्याएको छ भने बीमा सुविधा समेत उपलब्ध गराउँदै आएको छ ।

संस्थामा ११ हजार भन्दा बढि सदस्य आवद्ध रहेका छन् भने चुक्ता पुँजी १४ करोडको हाराहारीमा रहेको छ । संस्थाले यस अवधिमा १ अर्ब ७५ करोड कुल वासलात बनाएको छ ।

सेवा केन्द्र विस्तार कार्यक्रममा प्रदेश सांसद रमा आले, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरि, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेती, महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख मोहन खाँड, च.न.पा. ४ का वडाध्यक्ष कृष्णबहादुर खड्गीको सहभागिता रहेको थियो ।

संस्थाका अध्यक्ष उमाकान्त न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सञ्चालक विभिन्न उपसमिति, कर्मचारी र स्थानीय व्यक्तिहरुको सहभागिता रहेको थियो ।