सहकारी दिवसमा बुढानीलकण्ठ मन्दिर परिसर सरसफाई गरिने

सहकारी दिवसमा बुढानीलकण्ठ मन्दिर परिसर सरसफाई गरिने
गृहपृष्ठ | 2021-04-01 Share

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सरसफाई कार्यक्रम आयोजना गर्नेभएको छ । 

नगरपालिकाले चैत्र २० गते बुढानीलकण्ठ मन्दिर परिसर सरसफाई गरेर राष्ट्रिय सहकारी दिवस मनाउनलागेको हो ।

‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने थिममा आधारित भएर मनाउन लागिएको दिवसको अवसरमा बुढानीलकण्ठ सहकारी शाखाले नगर सहकारी समन्वय समितिको समन्वयमा मातहतका सहकारी संस्थाहरुको भेला र चियापान समारोहको समेत आयोजना गरेको छ ।

कार्यक्रम चैत्र २० गते बिहान ७ बजे देखि सुरु हुने भएकाले नगरभित्र सूचीकृत सबै सहकारी संघ संस्थाहरुलाई बूढानीलकण्ठ मन्दिर परिसरमा उपस्थित हुन सहकारी शाखाले आग्रह गरेको छ ।

कार्यक्रममा नगर प्रमुख उद्धव खरेल, उप– प्रमुख रमा देवी राई , जिल्ला सहकारी संघका अध्यक्ष ज्ञान बहादुर तामाङ, जिल्ला सहकारी संघका उपाध्यक्ष सिता ढकाल लगायत नगरपालिकाका विभिन्न शाखा प्रतिनिधीहरुको उपस्थिति रहने शाखाले जनाएको छ ।

नेपालमा सहकारी स्थापना भएको ६४ वर्ष पूरा हुन लागेको छ । पहिलो सहकारी संस्था स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाईन्छ ।

६४ औँ सहकारी दिवस चैत्र २० गते देशभर विविध कार्यक्रम गरि मनाउन लागिएको छ । दिवसका अवसरमा देशभरका जिल्लामा अन्तर्क्रिरया, सम्मेलन, सहकारी संस्था भेला्चियापान, लगायतका कार्यक्रम हुने गरेका छन् ।