महासंघका पूर्व अध्यक्ष्य बाँस्कोटालाई राष्ट्रिय सहकारी पुरस्कार

महासंघका पूर्व अध्यक्ष्य बाँस्कोटालाई राष्ट्रिय सहकारी पुरस्कार
गृहपृष्ठ | 2021-04-04 Share

ललितपुर । राष्ट्रिय सहकारी महासंघले पुर्व अध्यक्ष दिपक प्रकाश बाँस्कोटालाई राष्ट्रिय सहकारी पुरस्कार प्रदान गर्ने भएको छ ।

६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा महासंघले चैत्र १९ गते आयोजना गरेको विशेष कार्यक्रममा बाँस्कोटालाई सहकारी अभियानमा पुर्‍याएको योगदानको कदर गर्दै राष्ट्रिय सहकारी पुरस्कार प्रदान गर्ने भएको महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले बताउनुभयो ।

त्यसैगरी सो अवसरमा उत्कृष्ट सहकारी पुरस्कार र उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्राप्त गर्ने संघ/संस्थाको नाम घोषणा गरिएको छ । महासंघले हरेक बर्ष राष्ट्रिय सहकारी दिवसको अवसर पारेर पुरस्कृत हुने संघ/संस्थाको नाम घोषणा गर्दछ र अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा पुरस्कार प्रदान गर्ने गर्दछ ।

उत्कृष्ट सहकारी पुरस्कार २०७७ बाट यस बर्ष चितवन जिल्ला सहकारी संघ सम्मानीत हुने भएको छ । त्यसैगरी सातै प्रदेशका सहकारी संस्थाहरुलाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्रदान गरिदै आएको छ । जसअन्तर्गत प्रदेश १बाट कामधेनु दुग्ध विकास सहकारी संस्था लि. इटहरी पुरस्कृत भएको छ । प्रदेश २ बाट त्रियुगा सहकारी संस्था फतेपुर, बागमती प्रदेशबाट महिला सना किसान कृषि सहकारी संस्था लि. पुरस्कृत हुने घोषणा गरिएको छ । त्यसैगरी गण्डकी प्रदेशबाट दुम्सी दुग्ध उत्पादन सहकारी संस्था लि. तनहु, लुम्बिनी प्रदेशबाट हाम्रो मध्यवर्दी राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था लि. बर्दिया र कर्णाली प्रदेशबाट दलित महिला कृषि बहुउद्देश्यीय सहकारी संस्था लि. मुगु पुरस्कृत भएको हो ।

त्यसैगरी उत्कृष्ट सहकारी कर्मचारी पुरस्कारबाट जिल्ला बचत तथा ऋण सहकराी संघ लि. मकवानपुरकी व्यवस्थापक सुमित्रा वाइवा पुरस्कृत हुने घोषणा गरिएको छ।