कोरोना महामारी सम्वन्धी आइडियल यमुना सहकारीको जनचेनामूलक कार्यक्रम

कोरोना महामारी सम्वन्धी आइडियल यमुना सहकारीको जनचेनामूलक कार्यक्रम
समाचार | 2021-04-18 Share

काठमाडौं । आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाको बौद्ध सेवा केन्द्रले कोरोना भाईरस (कोभिड–१९) महामारी सम्वन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ ।

संस्थाले महानगरीय प्रहरी वृत्त, बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीन कार्की को विशेष पहलमा संस्थाले बैशाख ३ गते जनचेतनामूलक कार्यक्रम गरेको जनाएको छ ।

शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि ‘समुदाय – प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त बौद्ध , सामुदायिक सेवा केन्द्र बौद्ध , सामुदायिक प्रहरी सेवा केन्द्र बौद्ध  र महानगरीय प्रहरी विट बौद्ध स्तुप्पाको सहकार्यमा संस्थाले कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमको सिलसिलामा कोभिड–१९ महामारीको जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने सन्देश दिन काठमाडौं महानगरपालिका वडा नं. ६ को टोल तथा मुख्य सडकमा जनचेतनामूलक माइकिङ गरिएको थियो । यसैगरी सडकमा माक्स नलगाई हिँड्डुल गरिरहेका पैदल यात्रुलाई माक्स र सेनीटाइजर वितरण गरिएको थियो ।