रहेनन् खोटाङ जिल्ला संघका अध्यक्ष अनिल जोशी

रहेनन् खोटाङ जिल्ला संघका अध्यक्ष अनिल जोशी
गृहपृष्ठ | 2021-04-29 Share

काठमाडौं । जिल्ला सहकारी संघ लिमिटेड, खोटाङका अध्यक्ष अनिल जोशीको अल्पायुमै निधन भएको छ ।

लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका समेत अध्यक्ष रहनुभएका जोशीको कोरोना भाईरस (कोभिड–१९) संक्रमणका कारण ४४ वर्षको उमेरमा गएराति निधन भएको हो ।

उहाँले लामो समय देखि निष्क्रिय रहेको जिल्ला संघलाई व्यूँताएर क्रियाशील बनाउनमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँकै पहलमा संघले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासंग सहकार्य गरेर सदरमुकाम दित्तेल बजारमा अ‍ैँचो पैँचो सहुलियत पसल समेत संचालन गरेको छ ।

वि.सं. २०३४ साल असोज १५ गते जन्मनुभएका युवा व्यवसायी जोशी पछिल्लो समय व्यवसायको क्रममा पोखरामा बस्दै आउनुभएको थियो ।

पोखरामै रहँदा संक्रमित बन्नुभएका जोशीको गए राति निधन भएको हो ।

सहकारी सञ्चार परिवार स्वर्गीय जोशीकोे आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।