आइतवार र बुधवार सहकारी खोल्न प्रशासनको निर्देशन

आइतवार र बुधवार सहकारी खोल्न प्रशासनको निर्देशन
गृहपृष्ठ | 2021-06-06 Share


बागलुङ । बागलुङ जिल्ला प्रशासन कार्यालयले जिल्ला भित्र संचालनमा रहेका सहकारी संघ संस्थाहरुलाई हप्ताको दुई दिन आइतवार र बुधवार कार्यालय खोली सदस्यहरुलाई सेवा दिन निर्देशन दिएको छ । २०७८/०२/२२ गते जिल्ला सुरक्षा समितिको बैठकको निणर्य अनुसार लगडाउन भर सहकारीहरुलाई सुरक्षा मापदण्ड पालना गरी विहान ७ बजे देखी १० बजे सम्म संस्थामा रहेका एक चौथाई कर्मचारीहरु वाट कार्यालय संचालन गर्न एक सूचना मार्फत निर्देशन गरेको हो ।