बचत संघ सुनसरीले हप्ताको तिन दिन सेवा दिने 

बचत संघ सुनसरीले हप्ताको तिन दिन सेवा दिने 
गृहपृष्ठ | 2021-06-06 Share


सुनसरी । बचत तथा ऋण सहकारी संघ सुनसरीले आफ्ना सदस्य सस्थाहरुलाई हप्ताको तिन दिन आइतवार,मंगलवार र विहीवार सेवा दिने भएको छ । संघले मिति २०७८/०२/२३ गते एक सूचना प्रकाशित गरि विहान १० बजे देखी दिउसो २ बजे सम्म कार्याय खोली सेवा दिने जानकारी गराएको छ 
 
इटहरी उप माहानगर पालिकाले बैंक तथा वित्तिय संस्थाहरु संचालन सम्वन्धी प्रकाशित सूचना अनुसार कार्यालय खोल्ल लागिएको सूचनामा उल्लेख छ ।