नवाली साकोसले विहान ८ देखि १० सम्म कार्यालय खोल्ने 

नवाली साकोसले विहान ८ देखि १० सम्म कार्यालय खोल्ने 
गृहपृष्ठ | 2021-06-07 Share


काठमाण्डौं । जयबागेश्वरी स्थित रहेको नवाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड विहान आठ बजे देखि १० बजे सम्म कार्यालय खोल्ने भएको छ । कोभिड १९ तिव्र गतिमा फैलिएका कारण संस्थाले सदस्यहरुको स्वास्थ्य जोखिमलाई न्यूनिकरण गर्नका लागि सरकारले तोकेको मापदण्डको पालना गरी सेवा दिने संस्थाले जनाएको छ । संस्थाले मिति २०७८/२/२३ गते एक सूचना जारी गरी निषेधाज्ञा अबधि भर तोकिएको समयमा आइ सुविधा लिन समेत आग्रह गरेको छ ।