सम्प्रेषण बहुउदेश्यीय सहकारीले नियमित चार घण्टा सेवा दिने

ललितपुर । सातदोवाटो स्थित प्रधान कार्यालय रहेको सम्प्रेषण बहुउदेश्यीय सहकारी संस्थाले नियमित संस्था संचालन गरि सदस्यलाई सेवा दिने भएको छ । मिति २०७८/०२/२५ गते देखी लागु हुने गरी अर्को सूचना नआउदा सम्मका लागि विहान सात देखि एघार बजे सम्म सेवा दिने संस्था द्धारा प्रकाशित सूचनामा उल्लेख गरीएको छ ।
संस्थाका अनुसार कोरोना भाइरस तिव्र गतिमा फैलिएको कारण जिल्ला प्रशासन कार्यालय ललितपुरले गरेको निषेधाज्ञाको पालना गरि संस्थामा रहेका सिमित कर्मचारी मार्फत स्वास्थ्य मापदण्डको पालना गर्दै सदस्यहरुलाई सेवा प्रदान गरेको बताएको छ । सदस्यहरुलाई आवाश्यकता अनुसार कर्मचारी मार्फत घर दैलो सेवा समेत गर्दै आएको संस्थाले जानकारी गराएको छ ।