उपत्यकामा सहकारीले आईतबार र बिहीबार कार्यालय संचालन गर्न पाउने

काठमाडौं । स्थानीय प्रशासनले उपत्यकामा साताको दुई दिन सहकारी संस्थाको कार्यालय संचालन गर्न दिने भएको छ ।
उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासान कार्यालयको संयुक्त वैठकले यसअघि जेठ मसान्त सम्म जारी निषेधाज्ञालाई केही खुकुलो बनाउँदै असार ७ गते सम्म बढाउने निर्णय गरेका हुन् ।
प्रशासन कार्यालयले निषेधाज्ञाको अवधिमा साताको आईतबार र बिहीबार सहकारी संस्था संचालन गर्न दिने निर्णय गरेका हुन् ।
प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा आदेशमा ‘सहकारी संस्थाका सवारी साधनको हकमा सम्बन्धित मन्त्रालयका सचिव वा विभागीय प्रमुखले जारी गरेको पास तथा परिचयपत्रका आधारमा आवतजावत गर्ने व्यवस्था मिलाउने’ व्यहोरा उल्लेख छ ।
यस अनुसार सहकारीले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय वा सहकारी विभागबाट पास लिएर सवारीसाधन संचालन गर्न पाउनेभएका छन् ।
स्थानीय तह र प्रदेशको नियमनमा रहेका सहकारीले ती निकायबाट पास लिएर सवारी संचालन गर्न पाउने वा नपाउने भन्नेबारेमा भने निषेधाज्ञामा केही उल्लेख गरिएको छैन ।