हनुमानढोका बहुउदेश्यीयका संचालक द्वारा ३६० जना लाई नियमित खाना वितरण

हनुमानढोका बहुउदेश्यीयका संचालक द्वारा ३६० जना लाई नियमित खाना वितरण
गृहपृष्ठ | 2021-06-13 Share

 
काठमाण्डौ । न्यूरोड स्थित केन्द्रीय कार्यालय रहेको हनुमानढोका बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका संचालक समितिका पदाधिकारी र एच डि ग्रुपले संयुक्त रुपमा विगत ३५ दिन देखि निशुल्क खाना र पानि वितरण गरिरहेको छ । संस्थाका सदस्य अस्विन भट्टाइले दिनु भएको जानकारी अनुसार गरिव,निमुखा,असाय र निषेधाज्ञाको कारण रोजगार गुमाई विहान बेलुका खान खान समस्यमा परेका ३६० जना लाई नियमित खाना खुवाइ रहेको बताउनु भयो । 
काठमाण्डौको भद्रकाली,न्यूरोड महाङकाल,परोपकार,पचली भैरव आश्रम र स्वयम्भु लगायतका ठाउँमा खाना वितरण, सडकका कुकुरलाइ खाना र स्वयम्भुका बाँदरहरुलाई नियमित रुपमा फलफूल दिने गरेको जानकारी दिनु भयो । संस्थाका अध्यक्ष ओहाब अलि,कोषाध्यक्ष विरेन्द्र रौनियार सदस्य मनिष शाक्य र दाशु मगर लगाएतको समुहले ब्याक्तिगत रुपमा रकम जुटाइ संस्थागत रुपमा खाना खुवाएको सदस्य भट्टाइले बताउनु भयो । 
संस्थाले नियमित रुपमा कार्यालय खोलि सदस्यहरुलाई सेवा प्रदान गरेको र सदस्यहरुले खल्ती एपवाट संस्थामा सिधै रकम जम्मा गर्न सकिने ब्यावस्था मिलाएको समेत जानकारी गराएको छ ।