ललितपुर जिल्लाका सहकारी असार दुई गते बन्द रहने

ललितपुर जिल्लाका सहकारी असार दुई गते बन्द रहने
समाचार | 2021-06-15 Share

ललितपुर । जिल्लामा संचालित सहकारी संघ/संस्थाले भोलि (असार दुई गते) एक दिनका लागि कार्यालय बन्द गर्ने भएका छन् ।

राष्ट्रिय सहकारी बैंकका संस्थापक अध्यक्ष एवं सहकारी अभियन्ता राजेशहरि जोशीको सम्मानमा सहकारीले कार्यालय बन्द गर्नलागेका हुन् ।

जिल्ला स्थित नेशनल डेभलपमेन्ट को–अपरेटिभ सोसाईटी लिमिटेडका कार्यकारी अध्यक्ष समेत रहनुभएका जोशीको जेठ ३० गते निधन भएको थियो ।

उहाँले जिल्लाको सहकारी अभियानमा पु¥याउनुभएको योगदानको उच्च सम्मान गर्दै सहकारीका जिल्ला स्तरीय छाता संगठनहरुले कार्यालय बन्द गर्न अपिल गरेका छन् ।

जिल्ला सहकारी संघका अध्यक्ष माधव दुलाल, जिल्ला बचत संघका अध्यक्ष रामहरि बजगाई, जिल्ला बहुउद्देश्यीय संघका अध्यक्ष शरद कुमार महर्जन, जिल्ला चिया उत्पादक संघका अध्यक्ष ऋषिराम घिमिरे र जिल्ला दुध उत्पादक संघका अध्यक्ष कृष्णमान लामाले संयुक्त हस्ताक्षर गरेर यस्तो अपिल गर्नुभएको हो ।

अपिलतमा जिल्ला सूचना तथा सञ्चार सहकारी संघका अध्यक्ष अमृतनाथ तिमल्सिना, जिल्ला पर्यटन सहकारी संघका अध्यक्ष शिव कट्टेल, जिल्ला जडिबुटी संघका अध्यक्ष रामशरण दाहाल र जिल्ला कृषि संघका उपाध्यक्ष दिल नापितले समेत हस्ताक्षर गर्नुभएको छ ।

स्वर्गीय जोशी जिल्ला सहकारी संघ र जिल्ला बहुउद्देश्यीय सहकारी संघका सल्लाहकार हुनुहुन्थ्यो । यसैगरी ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका पूर्व सल्लाहकार समेत रहनुभएका जोशी गणेशमान सिंह मेमोरियल स्वास्थाय सहकारी संस्थाका उपाध्यक्ष रहनुभएको थियो ।