तपाईं हाम्रो बहुउद्देश्यीयले व्याजमा १५ प्रतिशत सम्म छुट दिने, हर्जना नलिने

तपाईं हाम्रो बहुउद्देश्यीयले व्याजमा १५ प्रतिशत सम्म छुट दिने, हर्जना नलिने
समाचार | 2021-06-17 Share

काठमाडौं । नयाँ नैकापमा क्रियाशिल तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले ऋणी सदस्यलाई ब्याज र हर्जनामा छुट दिनेभएको छ ।

कोरोना भाईरस (कोभिड–१९) महामारीको दोश्रो लहरबाट सदस्यको व्यापार, व्यवसाय र परियोजनामा परेको असरलाई मध्यनजर गर्दै संस्थाले सदस्यलाई ब्याजमा १५ प्रतिशत सम्म छुटको व्यवस्था गरेको हो ।

संस्थाले एक सूचना प्रकाशित गरेर ऋणी सदस्यलाई निषेधाज्ञा अवधिभरिको हर्जना पूर्णरुपमा मिनाहा गरेको उल्लेख गरेको छ ।

असार २५ गते सम्म ऋणको व्याज बुझाउने सदस्यहरुलाई निषेधाज्ञा अवधिभरि पाकेको व्याजमा संस्थाले ७ देखि १५ प्रतिशत सम्म छुट दिने निर्णय गरेको हो ।

जसअनुसार असार १० गते सम्म व्याज बुझाउने सदस्यलाई १५ प्रतिशत र असार १५ गते सम्म व्याज बुझाउने सदस्यलाई १२ प्रतिशत व्याज छुट दिने जनाएको छ ।

यसैगरी असार २० गते सम्म भुक्तानी गर्ने सदस्यलाई १० प्रतिशत र असार २५ गते सम्म बुझाउने सदस्यलाई व्याजमा ७ प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।