सदस्यलाई डिजिटल माध्यमबाट कारोबार गर्न नवकान्तिपुरको आग्रह

सदस्यलाई डिजिटल माध्यमबाट कारोबार गर्न नवकान्तिपुरको आग्रह
समाचार | 2021-06-18 Share

काठमाडौं । बत्तिसपुतलीमा मुख्य कार्यालय रहेको नवकान्तिुर बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न आग्रह गरेको छ । कोरोना महामारीको समयमा सम्भव भएसम्म संस्थाले संचालन गरेको डिजिटल बैकिङ सेवा मार्फत  कारोबार गर्न सदस्यलाई अनुरोध गरेको हो।

संस्थाले संचालन गरेको मोबाइल बैकिङ, एटिएम र क्युआर कोर्ड मार्फत कारोबार गर्न आग्रह गरेको छ । साथै संस्थाले साताको दुई दिन बिहान १० बजे देखि दिउँसो ५ बजे सम्म कार्यालयबाट सेवा दिने जनाएको छ ।

संस्थाको केन्द्रिय कार्यालय तथा सदस्य सुबिधा केन्द्रमार्फत उक्त समयमा सेवा लिन आग्रह गरेको छ । संस्थाले प्रत्येक हप्ताको आईतबार र बिहिबार कार्यलय मार्फत कारोबार भएपनि हरेक दिन सम्पर्क ब्यक्ती मार्फत सेवा लिन सकिने जनाएको छ ।

उपत्यकामा लगाइएको निषेधाज्ञाको समयाबधी लम्ब्याइएको र केही खुकुलो पार्दै सरकारले बैशाख १६ गते देखि निरन्तर निषेधाज्ञा जारी गरेको छ । यससंगै असारको पहिलो सातासम्म निषेधाज्ञा लम्बिएको हो ।

सरकारले निषेधाज्ञाको समयामा बैंक वित्तिय संस्था तथा सहकारीलाई समय तोकेर सेवा दिन सकिने ब्यवस्था गरेसंगै सहकारीलाई आईतबार र बिहिबार मात्र कार्यलय खोल्न निर्देशन जारी गरेको छ ।