ब्राइट सहकारीले सदस्यलाई व्याजमा १० प्रतिशत छुट दिने

ब्राइट सहकारीले सदस्यलाई व्याजमा १० प्रतिशत छुट दिने
समाचार | 2021-06-20 Share

काठमाडौं । बागबजारमा कार्यालय रहेको ब्राइट बचत तथा ऋण सहकारी संस्थाले कोरोना महामारीको कहरमा परेका ऋणी सदस्यलाई व्याजमा छुट दिने भएको छ ।

संस्थाले एक सूचना प्रकाशित गरेर काठमाडौं उपत्यकामा कोरोना भाईरस (कोभिड–१९) महामारीको दोस्रो लहर नियन्त्रण गर्न निषेधाजा जारी भएको मिति देखि असार ससान्त सम्मको व्याजमा १० प्रतिशत छुट दिने जनाएको हो ।

उपत्यका भित्र काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले गत बैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा जारी गर्दै आएका छन् । 

संस्थाले यो अवधिमा व्यापार, व्यवसाय, पेशा, उद्योग धन्दा बन्द भएर ऋणी सदस्यको आयमा परेको प्रतिकूल प्रभावालाई  मध्यनजर गरेर छुटको व्यवस्था गरेको संस्थाका प्रवन्ध संचालक लक्ष्मण न्यौपानेले बताउनुभयो । 

साथै उहाँले सदस्यलाई यस अवधिमा लागेको हर्जना पूर्णरुपमा मिनाहा गर्ने जानकारी दिनुभयो ।