परिश्रमी साकोस र श्री थानकोट महालक्ष्मी साकोसबीच एकीकरण

परिश्रमी साकोस र श्री थानकोट महालक्ष्मी साकोसबीच एकीकरण
समाचार | 2021-07-27 Share

काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नं. ३ मा संचालित परिश्रमी बचत तथा ऋण सहकारी संस्था र श्री थानकोट महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएको छ ।

दुई संस्थाले एक आपसमा एकीकरण हुनका लागि विगत एक वर्षदेखि निरन्तर प्रकृया अगाडि बढाएका थिए । 

दुवै संस्थाको कार्यक्षेत्र र प्रकृति एउटै भएका कारण एकीकरण गर्न सजिलो भएको परिश्रमी सहकारीका अध्यक्ष कृष्ण प्रसाद खड्गीले वताउनुभयो ।

त्यस्तै थानकोट महालक्ष्मी सहकारीका अध्यक्ष निर्मला श्रेष्ठले हाल संस्थाको कार्यक्षेत्र चन्द्रागिरी नगरपालिका भित्र मात्र रहेको बताउनुभयो । 

झण्डै ४५ करोडको वासलात भएको परिश्रमी वचत तथा ऋण सहकारी संस्थामा २ करोड सम्पत्ति भएको थानकोट महालक्ष्मी सहकारी एकीकरण भएपश्चात अनुमानित पचास करोडको व्यालेन्ससिट पुग्ने परिश्रमी सहकारी संस्थाका व्यवस्थापक मोहन डाँगीले वताउनुभयो ।

साथै संस्थाका सदस्य पनि १८ सज जना पुग्ने र संस्थाको शेयर पुँजी झण्डै ३  करोड ५० लाख रुपैयाँ पुग्ने वताउनुभयो । 

स्थानीय निकायमा सहकारी सम्बन्धी नीति नियमहरु वन्न ढिलाइ भएकाले एकीकरण गर्दा कानुनी वाधा अड्चन उत्पन्न भएर प्रकृया लम्विएको वताउनुभयो । 
उहाँले एकीकरण पश्चात सवै कारोवार परिश्रमी सहकारी सस्थाकै कार्यालयबाट हुने जानकारी दिनुभयो ।