प्रथम वार्षिकोत्सवको अवसरमा बागमती प्रदेश सहकारी संघको कार्यालय शुभारम्भ

प्रथम वार्षिकोत्सवको अवसरमा बागमती प्रदेश सहकारी संघको कार्यालय शुभारम्भ
समाचार | 2021-07-28 Share

ललितपुर । बागमती प्रदेश सहकारी संघले ललितपुरको सातदोबाटो स्थित सुमेरु मार्टमा कार्यालय स्थापना गरेको छ ।

संघले प्रथम वार्षिक उत्सवको अवसर पारेर आज कार्यालयको  सुभारम्भ गरेको हो । संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षता र  राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेंलको प्रमुख आतिथ्यमा वार्षिकोत्सव सम्पन्न भएको हो ।

कार्यक्रममा सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्याल लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष घिमिरेले प्रदेशका समस्याग्रस्त सहकारीको समस्या समाधानमा पहल गर्ने बताउनुभयो । बागमती प्रदेशका सहकारीमा  विकृति बढी भएकोले बदमासी गर्ने सहकारीलाई अनुगमन गर्ने र कारबाहीकालागि सिफारिस गर्ने रणनीति संघको रहेको बताउनुभयो ।

यसैगरी उहाँले सहकारीका बाझिएका ऐन संसोधनका विषयमा पनि पहल गरिरहेको बताउनुभयो । सदस्यबाट प्राप्त सेयरलाई उत्पादनमुलक व्यवसायमा लगानी गर्ने सोंच संघले बनाएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । अन्तरलगानीको काम भने नगर्ने उहाँले प्रष्ट पार्नुभयो ।

संघले प्रदेश सरकार, संघीय सरकार, स्थानीय सरकारसँग समन्वय गरी सहकारीको प्रवद्र्धन, विकासका काम गर्ने उहाँले बताउनुभयो ।

प्रदेश संघमा जिल्ला संघ, विषयगत जिल्ला संघ र प्रारम्भिक सहकारी संस्था गरी करिब १ सय १५ सदस्य आवद्ध भएका छन् । संघ दर्ताको क्रममा ५६ सदस्य थिए । संघले जिल्ला संघ र प्रारम्भिक सहकारी संस्थाबाट सेयर समेत संकलन गर्दै आएको छ ।