विश्वज्योति बहुउद्देश्यीयले सवारी साधानको ब्लूबूक नवीकरण गरिदिने

विश्वज्योति बहुउद्देश्यीयले सवारी साधानको ब्लूबूक नवीकरण गरिदिने
समाचार | 2021-07-28 Share

ललितपुर । चाल्चिखेलमा रहेको विश्वज्योति बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुको सवारीसाधनको ब्लूबुक नweeकरण तथा कर भुक्तानी गरिदिनेभएको छ । 

संस्थाले स्मार्ट सर्भिस ईन प्रा. लि.संग सहकार्य गरेर सदस्यलाई मोटरसाईकल तथा चार पाङ्ग्रे सवारीको ब्लूबुक नविकरण तथा कर भुक्तानी सेवा उपलब्ध गराएको हो ।

यसका लागि संस्थाले स्मार्ट सर्भिस इन प्रा.लि.संग सेवा संचालनको विषयमा सम्झौता गरेको संस्थाका व्यवस्थापक सुरेश राईले बताउनुभयो । 

संस्थाका सदस्यले व्यस्तताका कारण समयमै सवारी कर भुक्तानी तथा ब्लूबुक नविकरण गर्न नसकेर जरिवाना तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न यो सेवा संचालनमा ल्याएको बताउनुभयो । 

सम्झौता अनुसार संस्थाले स्मार्ट सर्भिस ईन मार्फत आफ्ना सदस्यलाई सवारी कर भुक्तानी, ब्लूबुकको नविकरण, विमालेख जारी लगायतका सेवा प्रदान गर्ने जानकारी दिनुभयो ।

सेवा संचालनका लागि संस्थाका तर्फबाट व्यवस्थापक राई र स्मार्ट सर्भिस ईनका तर्फबाट निर्देशक अञ्जन भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।