राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेतीलाई मेची सहकारीको सम्मान

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेतीलाई  मेची सहकारीको सम्मान
समाचार | 2021-08-29 Share

काठमाडौं । झापाको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी. उप्रेतीलाई सम्मान गरेको छ ।

उप्रेतीले सहकारी अभियानको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउनुभएको भन्दै संस्थाले उहाँलाई स्वर्गीय गणेशप्रसाद बस्नेत सहकारी अभियन्ता पुरस्कारबाट सम्मान गरेको हो ।

संस्थाको २७ औं वार्षिक साधारणसभाका अवसरमा उप्रेतीलाई सम्मान गरिएको संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

जिल्ला सहकारी संघ, काठमाडांैका पूर्वअध्यक्ष रहनुभएका उप्रेती हाल राष्ट्रिय सहकारी महासंघको संचालक र एसिया प्रशान्त क्षेत्रका कृषि सहकारीको विकास सञ्जाल (नेडाक)को उपाध्यक्षको जिम्मेवारी वहन गरिरहनुभएको छ ।

विभिन्न भूमिकामा रहेर सहकारी क्षेत्रको प्रवद्र्धन, विकास र व्यवस्थापनमा महत्वपूर्ण योगदान गरेकोले उप्रेतीलाई स्वर्गीय गणेश प्रसाद बस्नेत सहकारी अभियन्ता सम्मान प्रदान गरिएको भट्टराईले जानकारी दिनुभयो ।

संस्थाका पूर्व अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका पूर्व सञ्चालक समेत रहनुभएका स्वर्गीय गणेश प्रसाद बस्नेतको स्मृतिमा स्थापना गरिएको सम्मान नगद २६ हजार सहित उप्रेतीलाई प्रदान गरिएको हो ।

झापाको दमकमा मुख्य कार्यालय रहेको मेची सहकारी संस्थाले भदौ १२ गते २७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । 

संस्थामा गत असार मसान्तसम्ममा ९ हजार ४ सय ८० जना शेयर सदस्य, ३१ करोड, १४ लाख दुई हजाुर ६ सय शेयर पूँजि, १ अर्ब ९३ करोड ४ लाख १७ हजार बचत र २ अर्ब ५० करोड २९ लाख ६४ हजार कर्जा लगानी रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत खोम प्रसाद बगालेले जानकारी दिनुभयो ।

अघिल्लो आर्थिक वर्षमा ६ करोड ५३ लाख ९२ हजार खुद मुनाफा गरेको संस्थाले गत आ.व.मा ८ करोड ६१ लाख ४० हजार रुपैया मुनाफा गर्न सफल भएको बगालेले बताउनुभयो ।