पञ्चकन्या साकोसले २३ औं साधारण सभा अभौतिकरुपमा गर्ने

पञ्चकन्या साकोसले २३ औं साधारण सभा अभौतिकरुपमा गर्ने
| 2021-09-15 Share

काठमाडौं । खिचापोखरी, न्यूरोडमा रहेको पञ्चकन्या बचत तथा ऋण सहकारी संस्थाले २३ औं वार्षिक साधारण सभा अभौतिकरुपमा गर्ने भएको छ ।

संस्थाले कोरोना भाईरस (कोभिड–१९) महामारीले स्वास्थ्य सुरक्षामा उत्पन्न गरेको जोखिमलाई मध्यनजर गर्दै असोज १६ गते जुम वेबिनार मार्फत सभा संचालन गर्ने जनाएको हो । 

जुम मार्फत साधारण सभामा सहभागी हुननसक्ने सदस्यहरुले संस्थाको आधिकारिक फेसबुक पेजमा समेत कार्यक्रमको प्रत्यक्ष प्रशारण हेर्न सक्ने व्यवस्था गरेको छ । 

सहकारी विभागले महामारीको समयमा सुरक्षितरुपमा साधारण सभा सम्पन्न गर्न जारी गरेको मापदण्ड अनुसार अभौतिकरुपमा सभा गर्नलागेको संस्थाले जनाएको छ ।

संस्थाले असोज ४ गतेबाट सदस्यलाई आधिकारिक वेबसाईट www.panchakanyasaving.com.np मार्फत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपलब्ध गराउने जनाएको छ । सदस्यले प्रतिवेदन अध्ययन गरेर असोज १५ गते सम्म ईमेल मार्फत आवश्यक सल्लाह सुझाव दिनसक्ने व्यवस्था गरेको छ ।