पाँच तारा साकोसको १४ औं वार्षिक साधारण सभा असोज २ गते
काठमाडौं । पुरानो सिनामंगलमा रहेको पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले १४ औं वार्षिक साधारणसभा असोज २ गते गर्ने भएको छ ।
कोरोना भाईरस (कोभिड–१९) महामारीका कारण साधारण सभामा भीडभाड कम गर्न संस्थाले सदस्यलाई आफ्नो वेबसाईट मार्फत आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन अध्ययन गर्न मिल्ने व्यवस्था मिलाएको जनाएको छ ।
शेयर सदस्यहरुले साधारण सभा सम्पन्न हुनअघि सम्म प्रतिवेदन उपर आवश्यक राय, सल्लाह, सुझाव दिन सक्ने जनाएको छ ।
कोभिड–१९ महामारीको समयमा सुरक्षितरुपमा वार्षिक साधारण सभा सम्पन्न गराउने सहकारी विभागले जारी गरेको निर्देशन पालना गर्दै साधारण सभा सम्पन्न हुने संस्थाका अध्यक्ष भोलानाथ पाठकले बताउनुभयो ।
सभामा विनियम संशोधन, संस्था एकीकरण लगायतका विषयमाथि छलफल हुने जनाउनुभयो ।