स्वर्णलक्ष्मी साकोसको १२ औं वार्षिक साधारण सभा असोज १६ गते, एकाइ सभा ९ गतेबाट

स्वर्णलक्ष्मी साकोसको १२ औं वार्षिक साधारण सभा असोज १६ गते, एकाइ सभा ९ गतेबाट
समाचार | 2021-09-17 Share

झापा । दमक–६, बेलडाँगी रोडमा रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले १२ औं वार्षिक साधारण सभा असोज १६ गते सम्पन्न गर्ने भएको छ ।

कोरोना भाईरस (कोभिड–१९) महामारीले स्वास्थ्य सुरक्षामा उत्पन्न गरेको जोखिमलाई मध्यनजर गर्दै संस्थाले असोज ९ गतेदेखि १४ गते सम्म क्षेत्रगत तथा शाखागत एकाइ सभा गर्ने तय गरेको हो ।

संस्थाले असोज ९ गते दमक नगरपालिकाको वडा नं. १, ४, ७ र १०, असोज १० गते वडा नं. २, ५ र ८ र असोज ११ गते वडा नं. ३, ६ र ९  का सदस्यहरुलाई संस्थाको भवनमा उपस्थित हुन आग्रह गरेको छ । यसैगरी कमल गाउँपालिका बस्ने सदस्यहरुलाई पनि असोज ११ गते कार्यालयमा आउन अुनरोध गरेको छ ।

यसैगरी संस्थाले झिलझिले सदस्य सेवा केन्द्र अन्तर्गतका सदस्यहरुलाई असोज १२ गते झिलझिले सेवा कार्यालयमा र सुरुङ्गा क्षेत्रका सदस्यहरुलाई प्रस्तावित सेवा कार्यालयको हलमा आएर सहभागी हुन आग्रह गरेको छ । 

गौरादह नगरपालिका क्षेत्रका सदस्यहरुलाई असोज १३ गते प्रस्तावित सेवा कार्यालयमा र उर्लावारी सेवा केन्द्र अन्तर्गतका सदस्यहरुलाई असोज १४ गते सेवा केन्द्रमा डाकेको छ ।

संस्थाले शेयर सदस्यहरुलाई आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन अध्ययन गरेर असोज १५ गते भित्र आवश्यक सल्लाह सुझाव कार्यालयमा बुझाउन आग्रह गरेको छ ।

संस्थाले असोज १६ गते एकाइ सभाको निर्णय एकीकरण तथा प्रमाणीकरण गरेर साधारण सभा सम्पन्न गर्ने कार्यक्रम तय गरेको छ ।