काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघले नगर समन्वय समिति गठन गर्ने

काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघले नगर समन्वय समिति गठन गर्ने
समाचार | 2021-09-17 Share

काठमाडौं । काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघले नगर समन्वय समिति गठन गर्ने भएको छ ।

काठमाडौं महानगरपालिका भित्र दर्ता भएर संचालनमा रहेका बहुउद्देश्यीय सहकारी संस्थाहरुबीच समन्वय गर्न समिति गठन गर्नलागेको संघले जनाएको छ ।

यसका लागि संघले असोज ४ गते नयाँबानेश्वर स्थित सहकारी प्रशिक्षण केन्द्रको सभाहलमा बिहान ११ बजे औपचारिक कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौं महानगरपालिका, सहकारी विभागको सहयोगमा आयोजना हुने उक्त कार्यक्रममा ‘बहुउद्देश्यीय सहकारी संघ÷संस्थाहरुले गर्नसक्ने व्यवसायिक परियोजनाहरु तथा विद्यमान कानुनी व्यवस्था’ विषयमा कार्यपत्र प्रस्तुती र छलफल समेत राखेको छ ।

संघका अध्यक्ष मनोज कुमार थापा मगरले महानगर भित्र संचालित सबै बहुउद्देश्यीय सहकारीलाई कार्यक्रममा संचालक समितिको तर्फबाट प्रतिनिधि पठाएर सहभागिता जनाउन अनुरोध गर्नुभएको छ ।