जेष्ट साकोसको कुल कारोबार साढे दुई अर्ब नाघ्यो

जेष्ट साकोसको कुल कारोबार साढे दुई अर्ब नाघ्यो
समाचार | 2021-10-06 Share

काठमाडौं । गोंगबुमा प्रधान कार्यालय रहेको जेष्ट बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा कुल कारोबार साढे दुई अर्ब नघाएको छ ।

संस्थाको असोज १६ गते सम्पन्न १३ औं वार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ईन्दिरा अधिकारीले कुल कारोबार २ अर्ब ५२ करोड ४१ लाख रुपैयाँ पुगेको जानकारी दिनुभएको हो ।

अघिल्लो आर्थिक वर्ष २ अर्ब ५ लाख १५ हजार रुपैयाँ कायम भएको कुल कारोबार गत आर्थिक वर्ष २६ दशमलव १७ प्रतिशतले वृद्धि भएको बताउनुभएको हो ।

यसैगरी कोरोना महामारीको समयमा समेत संस्था ३१ करोड २५ लाख २७ हजार रुपैयाँ कुल आम्दानी गर्न सफल भएको जनाउनुभयो । 

अध्यक्ष अधिकारीले सो अवधिमा संस्थागत कर्जा ४७ करोड ३७ लाख ४९ हजार रुपैयाँ पुग्नुका साथै खुद नाफा १ करोड ४९ लाख ९ हजार रुपैयाँ आर्जन भएको बताउनुभयो ।

साधारण सभाले आर्थिक वर्ष २०७८÷०७९ को बार्षिक बजेट तथा कार्यक्रम पारित गरेको छ । 

संस्थाको चालु आर्थिक वर्ष भित्र आफ्नै भवनबाट सदस्यहरूलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।