चेतनशील महिला साकोसको दशौँ वार्षिक साधारण सभा सम्पन्न

चेतनशील महिला साकोसको दशौँ वार्षिक साधारण सभा सम्पन्न
समाचार | 2021-10-08 Share

काठमाडौं  । चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

असोज १६ गते आयोजित समारोह टोखा नगरपालिका सहकारी विभाग प्रमुख कमला कार्कीको प्रमुख आतित्थ्यमा सम्पन्न भएको हो । 

संस्थाकी अध्यक्ष सुमित्रा देवी सुवेदी ढकालको अध्यक्षतामा आयोजित सभामा उपस्थित  अतिथि, विभिन्न समिति तथा उप समितिका सदस्य र शेयर सदस्यहरुलाई संस्थाका उपाध्यक्ष बिनिता अधिकारीले स्वागत गर्नु भएको थियो ।

कोरोना भाईरस (कोभिड-१९) महामारीको संक्रमण जोखिम कम गर्न सुरक्षित भौतिक दूरी कायम राखेर आयोजित समारोहमा  शेयर सदस्यको  तर्फवाट निर्मला पौडेल, सल्लाहाकारको तर्फवाट जमुना कुमारी तिवारी सापकोटा र संस्थाको तर्फवाट बिन्दु कुमारी बसेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारण सभामा  संचालक समितिको तर्फबाट  संस्थाकी अध्यक्ष सुमित्रा देवी सुवेदी ढकालले  आर्थिक वर्ष २०७७/०७८ को  वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो  । सभामा कोषाध्यक्ष पार्वती पौडेलले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक यशोदा ज्ञवालीले  लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

प्रमुख अतिथिको तर्फबाट बोल्दै कमला कार्कीले संस्थाले महिलाहरुको उत्थानमा निकै ठूलो भूमिका खेलेको विचार राख्नुभयो । महिलाहरुले संचालन गरेका सहकारीहरु आर्थिकरुपमा निकै पारदर्शी  हुने हुनाले आर्थिक हिनाविना नहुने धारणा राख्नुभयो । 

चेतनशील महिला बचत तथा ऋण सहकारी संस्थाले टोखा क्षेत्रमा उत्कृष्ट स्थान बनाउन सफल भएको भन्दै साधारण सभाको सफलताको  शुभकामना दिनुभयो । 

अन्त्यमा संस्थाकी अध्यक्ष सुमित्रा देवि सुवेदी ढकालले संस्थाले यो नौ बर्षको अवधिमा निकै ठलो छलाङ्ग मारेको बताउनुभयो । संस्थाका सदस्य महिला दिदी बहिनीहरु आर्थिक र  सामाजिक रुपमा निकै अगाडि बढेको बताउनुभयो ।

'हामीले अझै पनि एउटा शेयर सदस्यले नियमपूर्वक जसरी बचत गर्नु पर्नेहो गर्न सकिरहेका छैनौ ,कमाउनु मात्र ठूलो कुरा नभै बचाउनु ठूलो कुरा हो,'  उहाँले भन्नुभयो,  'त्यसैले फजुल खर्चलाई कटौती गर्दै वचत गर्ने बानिको विकास गरौ र वचत रकमलाई सहि ठाउँमा सदुपयोग गर्दै आत्मनिर्भर हुने कोसिस गरौ ।'

सदस्यहरुलाई आत्मनिर्भर बनाउन संस्था आवश्यक  सहयोगको लागि सदैव तयार रहेको भन्दै आर्थिक सामाजिक रुपमा अगाडी बढ्न अनुरोध गर्नुभयो ।

कार्यक्रम  संस्थाकी सचिब भावना गौतम ज्ञवालीले संचालन गर्नुभएको थियो ।