सहकारीबाट मात्र समाजबादउन्मुख अर्थतन्त्र निर्माण गर्न सकिन्छः मुख्यमन्त्री पाण्डे

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजबादी)को सहकारी तथा गरिवी निवारण विभागले राजधानीमा सहकारीकर्मीहरुको भेला आयोजना गरेको छ ।
विभागले मंसिर ९ गते मित्रपार्कमा सहकारीकर्मीहरुको भेला आयोजना गरेको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा तीन सय हाराहारीमा सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।
विभागका प्रमुख गोविन्द प्रसाद कोईरालाको सभापतित्वमा आयोजित कार्यक्रममा उपस्थित सहकारीकर्मीहरुलाई उप–प्रमुख एवं राष्ट्रिय सहकारी महासंघका संचालक टेक प्रसाद चौलागाईले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा संघीय सहकारी विभागका पूर्व रजिष्ट्रार सुदर्शन ढकालले सहकारीको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले समाजवादउन्मुख अर्थतन्त्र निर्माणमा सहकारीको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्न सहकारीमार्फत मात्र सम्भव हुने दावी गर्नुभयो ।
मुलुकलाई सहकारीमार्फत समाजवादमा पु¥याउने संकल्प गर्दै मुख्यमन्त्री पाण्डेले सहकारीलाई कामगर्न अप्ठ्यारो पार्ने कानुनहरुमा सुधार गर्न पहल गर्ने बचन दिनुभयो ।
संघीय सरकारले विद्यमान सहकारी ऐन कानुनमा भएका समस्या समाधान गर्न तथा सहकारीलाई परेको पीर मर्का हटाउन ठोस पहल नगरेको गुनासो गर्दै सबै मिलेर सहकारीको समस्या समाधान गर्न सकिने बताउनुभयो ।
सहकारीमैत्री कानुन निर्माण, विकास र प्रवद्र्धनका लागि आफूले जति अरु कसैले पहल गर्न नसकेको ठोकुवा गर्नुभयो ।