नवरस साकोसमा नयाँ संचालक समिति

नवरस साकोसमा नयाँ संचालक समिति
समाचार | 2021-11-30 Share

काठमाडौं । नवरस बचत तथा ऋण सहकारी संस्थामा नयाँ संचालक समिति निर्वाचित भएको छ ।

संस्थाको मंगसिर ३ गते सम्मपन्न १४ औं वार्षिक साधारण सभाले शिवहरी पौडेलको अध्यक्षतामा ७ सदस्यीय संचालक समिति निर्वाचित गरेको हो । 

समितिको अपाध्यक्षमा सुजता कुमारी श्रेष्ठ, सचिवमा उत्तम पुरुष दाहाल र  कोषाध्यक्षमा रणजीत कुमार पोदार चयन हुनुभएको छ । 

सदस्यहरुमा उपेन्द्र बडाल, श्याम प्रसाद पन्त र कृष्ण बहादुर भट्टराई  चयन हुनुभएको छ ।

यसैगरी सभाले  संगीता कक्षपतिको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति चयन गरेको छ ।  लेखा समितिको सदस्यमा किशोर कुमार थापा र कृष्ण प्रसाद सुबेदीलाई चयन गरेको छ । 

साधारणसभाका अवसरमा एसईईदेखि डाक्टर, ईन्जिनियरसम्म सम्मानित भएका छन् । डा. सरोज पन्त, डा. अनिता सापकोटा, ई. सुरेश पन्त सम्मानित हुनुभएको छ । गत वर्ष एसईईदेखि स्नाकोत्तर गरेकालाई संस्थाले सम्मान गरेको थियो ।

स्नातक गरेका दीक्षा श्रेष्ठ, सुलभ खत्री, सुजिता थपलिया, सञ्जय पाण्डे सम्मानित हुनुभएको छ  । एसईईमा सुमी थापा मगर, विशेष सुवेदी, रमण देसारलाई सम्मान गरिएको थियो । संस्थाले सर्वोत्कृष्ट कर्मचारीका रुपमा अम्बिका पौडेल र  उत्कृष्ट कर्मचारीकारुपमा सुमन कोइराला, सुस्मिता पोखरेल, दीक्षा अमात्यलाई सम्मानित गरेको छ ।

संस्थाले ज्येष्ठ सदस्य, मासिक बचत सदस्य र उत्कृष्ट  व्यवसायी कारोबार सदस्यलाई सम्मान गरेको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक सरिता भट्टराई तिमल्सिनाले उत्कृष्ट कर्मचारी तथा सदस्यलाई सम्मान प्रदान गर्नुभएको थियो ।

अध्यक्ष केशव कोइरालाले प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७७/७८ मा संस्थाको सेयर पुँजी ३ करोड ६२ लाख ९१ ह्जार रहेको जानकारी दिनुभयो । संस्थाले २७ करोड ११ लाख ८३ हजार ४ सय ४९ रुपैयाँ बचत संकलन गरी २२ करोड ९६ लाख ७४ हजार ७ सय ३६ रुपैयाँ कर्जा लगानी गरेको जनाउनुभयो ।