जनजिविका साकोसको निःशुल्क स्वास्थ्य शिविर, दुई सयले लिए लाभ

जनजिविका साकोसको निःशुल्क स्वास्थ्य शिविर, दुई सयले लिए लाभ
समाचार | 2022-01-11 Share

भक्तपुर । सूर्यविनायकमा कार्यालय रहेको जनजिविका बचत तथा ऋण सहकारी संस्थाले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

भक्तपुर लायन्स सेवा समन्वय समितिले संचालन गरेको लायन्स आँखा तथा मधुमेह सेवा केन्द्रसंग सहकार्य गरेर संस्थाले पुस २० गते एकदिवसीय शिविर संचालन गरेको हो ।

सामुदायिक स्वास्थ्य केन्द्र परिसरमा आज विहान १० बजेबाट सुरुभएको शिविर दिउँसो २ बजेसम्म संचालन भएको थियो । 

सहकारीको सामाजिक उत्तरदायित्व शीरोपर गर्दै आयोजित स्वास्थ्य शिविरमा नाक, कान, घाँटी र आँखाको परीक्षण गर्नुका साथै निःशुल्क औषधि र चम्मा वितरण गरेको संस्थाले जनाएको छ ।

संस्थालाई शिविर संचालन गर्नका लागि सिर्जनशील महिला समूह र भक्तपुर चेम्बर अफ कमर्सले सहयोग गरेका छन् । 

बि.पी. नेत्र प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्र, च्याम्हासिंहले प्राविधिक सहयोग उपलब्ध गराएका छन् ।

स्वास्थ्य शिविरबाट २ सय जना भन्दा बढी सहभागीले स्वास्थ्य सेवा लिएको संस्थाले जनाएको छ ।