श्री भैरवी बहुउद्देश्यीयले राज्यलाई साढे नौ लाख राजश्व बुझायो

श्री भैरवी बहुउद्देश्यीयले राज्यलाई साढे नौ लाख राजश्व बुझायो
समाचार | 2022-01-11 Share

काठमाडौं । चुच्चेपाटी, चावहिलमा कार्यालय रहेको श्री भैरवी बहुउद्देश्यीय सहकारी संस्थाले राज्यलाई साढे नौ लाख रुपैयाँ राजश्व बुझाएको छ ।

संस्थाले आर्थिक वर्ष (आ.व.) २०७७/०७८ मा आयकर र श्रोत कर कट्टी गरि ९ लाख ४९ हजार २ सय ८९ रुपैयाँ राजश्व दाखिला गरेकोे हो । 
संस्थाले पुस १७ गते आयोजित बाईसौं वार्षिक साधारण सभामा शेयर सदस्यलाई यस विषयमा जानकारी गराएको हो । 

संस्थाका अध्यक्ष धन कुमार राईको सभापतित्वमा बसेको सभामा जिल्ला सहकारी संघ, काठमाडौंका अध्यक्ष ज्ञान बहादुर तामाङ प्रमुख अतिथि रहनुभएको थियो । समारोहरमा सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष अर्जुन खतिवडा, शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभका सचिव एवं कार्यकारी प्रमुख फडिन्द्र कुमार खड्का, साकुरा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभका कार्यकारी प्रमुख गौरव थापा लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।

साधारण सभामा संचालक समितिको तर्फबाट कोषाध्यक्ष लोकराज पन्तले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो । आ.व.को अन्त्यमा संस्थाको शेयर पुँजी ३ करोड ३८ लाख रुपैयाँ पुगेको जनाउनुभयो । 

यसैगरी सो अवधिमा संस्थाको निक्षेप संकलन १३ करोड ५३ लाख ४८ हजार रुपैयाँ र कर्जा लगानी १६ करोड ९६ लाख १४ हजार रुपैयाँ कायम भएको बताउनुभयो । संस्थाले कर अघि १४ लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको जनाउनुभयो ।