देवदर्शन सहकारीको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न

देवदर्शन सहकारीको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न
समाचार | 2022-01-16 Share

काठमाडौं । देवदर्शन बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पारित गर्नुका साथै आ.व. २०७८।०७९ का लागि निर्धारित लक्ष्य तथा कार्यक्रम पारित गरेको छ । 

सभामा बोल्दै अध्यक्ष राम नारायण घिमिरेले कोरोना भाइरसका कारण सिर्जित असहज परिस्थितिका कारण सदस्यहरुको व्यापार व्यवसाय प्रभावित हुँदा संस्थाको नाफामा समेत असर परेको बताउनुभयो । संस्थाले सदस्यहरुलाई राहत पु¥याउने उद्देश्यले ब्याज छुट, समय थप र पुनर्कर्जा लगानी गरी व्यवसायिक गतिविधि अगाडि बढाउन भरमग्दुर प्रयास गरेको  । 

संस्थाले गत आर्थिक वर्ष २०७७।०७८ असार मसान्तसम्म शेयरपुँजी ४ करोड १० लाख ३१ हजार, बचत संकलन १ अर्ब पाँच करोड ९५ लाख ६३ हजार, ऋण लगानी ८८ करोड ३४ लाख ३४ हजार गरी ८१ लाख ९९ हजार खुद नाफा छ । संस्थाले त्यस अवधिसम्म कुल कारोबार १ अर्ब १८ करोड ७६ लाख ९२ हजार पुर्‍याएको छ । 

संस्थाले पूर्ण व्यवसायिक भवन निर्माण गरी दैनिक कार्य सञ्चालनका लागि च.न.पा.–४, बलम्बुमा एक रोपनी जग्गा खरिद गरेको छ । संस्थाले सदस्य हित कोषमार्फत सदस्यहरुलाई आर्थिक सहयोग समेत गरेको छ । 

संस्थाले चालु आ.व. मा शेयरपुँजी ५ करोड, बचत संकलन १ अर्ब २७ करोड र ऋण लगानी १ अर्ब ६ करोड पुर्‍याउने लक्ष्य लिएको छ । 

संस्थाले सदस्यहरुबाट विभिन्न शीर्षक मा बचत संकलन गर्दै आएको छ भने आवधिक रसिद, हायरपर्चेज, व्यवसायिक धितो, छोटो अवधि र लघुकर्जा जस्ता शिर्षकमा ऋण लगानी गर्दै आएको छ ।