पोखरामा दुई सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन

पोखरामा दुई सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन
समाचार | 2022-05-09 Share

काठमाडौं । पोखरामा सञ्चालित दुई सहकारीले आफ्नो स्थापना दिवसका अवसरमा संयुक्त रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।
 
सुरक्षा पालुवा बचत तथा ऋण सहकारी संस्था लि. को १६औं स्थापना दिवस र बाघमारा बहुउद्देश्यीय सहकारी को १०औं स्थापना दिवसको अवसर पारेर बैशाख २४ गते  आयोजना गरिएको संयुक्त रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन भएको हो । 

जिल्ला सहकारी संघ कास्कीकी अध्यक्ष सावित्रा कोइरालाले सुरक्षा पालुवा साकोसका अध्यक्ष टुल्कनाथ आचार्यलाई ब्लड ब्याग प्रदान गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । 

संघकी अध्यक्ष कोइरालाले सामाजिक क्षेत्रमा सुरक्षा पालुवा र बाघमारा सहकारीले अग्रणी भुमिका निर्वाह गर्दै आइरहेको र आगामी दिनमा यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभएको थियो । संयुक्त सामाजिक क्रियाकलापले दुई सहकारीबीच पारस्परिक सहयोग र कार्यगत एकता कायम गर्न सकिने विचार राख्नुभएको थियो । 

बाघमारा सहकारीका संस्थापक अध्यक्ष डिल्लीराम बरालले स्वागत मन्तब्य र सुरक्षा पालुव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टुल्कनाथ आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटीको क्षेत्रिय रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा गरिएको कार्यक्रमको सञ्चालन सुरक्षा पालुवा सहकारीका सञ्चालक निर्मल आचार्यले गर्नुभएको थियो । 

कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने रक्तदाता, प्राविधिक तथा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन सहित बाघमारा सहकारीका अध्यक्ष तुलसीमणी अधिकारीले कार्यक्रम समापन गर्नुभएको थियो ।