शुभलाभ बहुउद्देश्यीयले निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने

शुभलाभ बहुउद्देश्यीयले निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने
समाचार | 2022-06-30 Share

ललितपुर । सातदोबाटोमा मुख्य कार्यालय रहेको शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाले निःशुल्क स्वास्थ्य परीक्षण शिविर संचालन गर्नेभएको छ ।

संस्थाले जुलाई महिनाको पहिलो शनिवार विश्वभारि मनाईने अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर भोलि (असार १७ गते) जावलाखेल फुटबल मैदानमा स्वास्थ्य परीक्षण शिविर संचालन गर्ने तय गरेको हो ।

अन्तराष्ट्रिय लायन्स क्लबले आह्वान गरेको लायन वर्ष २०२२/२३ शुभारम्भको समेत अवसर पारेर आयोजित कार्यक्रममा लायन्स क्लब अभ काठमाडौं ललितपुर, लायन्स क्लब अभ काठमाडौं शुभलाभ र लायन्स क्लब अभ काठमाडौं सुमेरु सहआयोजक रहेका छन् ।

स्वास्थ्य शिविरमा दक्ष चिकित्सकहरुबाट सदस्यहरुको निःशुल्क मृगौला र सुगर जाँच गर्ने व्यवस्था मिलाएको संस्थाले जनाएको छ ।

यसैगरी संस्थाले सोही स्थानमा वृहत्त खुला रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ । संस्थाले एक सूचना जारी गरेर सम्पूर्ण सदस्यहरुलाई विहान ९ बजेदेखि संचालन हुने कार्यक्रममा सहभागी निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै रक्तदान समेत गर्न आह्वान गरेको छ ।