शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट संचालनको तेह्रौं वर्षमा

काठमाडौं । चुच्चेपाटी, चावहिलमा मुख्य कार्यालय रहेको शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड संचालनको १३ औं वर्षमा प्रवेश गरेको छ ।
२०६७ साल असार १६ गते तत्कालीन डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएर संचालनमा आएको संस्थाले सदस्यलाई निरन्तर सेवा प्रवाह गर्दै आएको छ ।
वार्षिकोत्सवको अवसरमा संस्थाका प्रमुख कार्यकारी निर्देशक फडिन्द्र कुमार खड्काले यस अवधिमा संस्थालाई प्रत्यक्ष वा अप्रत्यक्ष साथ र सहयोग गर्ने शेयर सदस्य, संचालक समित, लेखा समति, विभिन्न उपसमिति, कर्मचारी, नियामक निकाय, अभियानका छाता संघ लगायत सबै शुभेच्छुकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
आगामी दिनमा संस्थाको कारोबारलाई थप प्रविधिमैत्री बनाउँदै सरल, सहज र सुरक्षित बनाउने प्रतिवद्धता प्रकट गर्नुभयो ।
संस्थाले आर्थिक कारोबारका अतिरित्त सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न सामाजिक, साँस्कृतिक र रचनात्मक कामहरु समेत गर्दैआएको जनाएको छ । संस्थाले समाजको आर्थिक, सामाजिक, साँस्कृतिक र पर्यावरणीय क्षेत्रसंग सम्बन्धित गतिविधि समेत संचालन गर्दै आएको खड्काले बताउनुभयो ।
सदस्यहरुलाई प्रविधिमैत्री आधुनिक सेवा प्रदान गर्ने उद्देश्यले संस्थाले शुभप्रवा स्मार्ट स्मार्ट एप मार्फत भरपर्दो मोबाईल बैंकिङ सेवा संचालन गरेको छ । संस्थाले सदस्यलाई क्यूआर कोड प्रविधिमार्फत स्क्यान गरेर भुक्तानी गर्ने सेवाका साथै शुभप्रवा डेबिड कार्ड सेवा समेत उपलब्ध गराएको छ ।
यसैगरी संस्थाले विभिन्न रेमिट्यान्स सेवाप्रदायक कम्पनीहरुसंग सम्झौता गरेर सदस्यहरुलाई प्रभावकारी रेमिट सेवा समेत प्रदान गरेको छ । सदस्यलाई झन्झटरहित र सरल सेवा दिन संस्थाले काठमाडौंको न्यूरोडमा सदस्य सेवा केन्द्र संचालन गरेर कारोबार गर्दैआएको छ ।
वार्षिकोत्सवको अवसरमा संस्थाका अध्यक्ष बिदुर बस्नेतले पनि सबैलाई धन्यबाद ज्ञापन गर्नुभएको छ ।