सदस्यको निक्षेप सुरक्षित रहेको हब कोअपरेटिभ सर्भिसको प्रष्टिकरण

सदस्यको निक्षेप सुरक्षित रहेको हब कोअपरेटिभ सर्भिसको प्रष्टिकरण
समाचार | 2022-07-02 Share

काठमाडौं । हब कोअपरेटिभ सर्भिस लिमिटेडले संस्थासंग कारोबार गर्ने सदस्यहरुको बचत रकम सुरक्षित रहेको बताएको छ ।

संस्थाले एक प्रेस विज्ञप्ति जारी गरेर केही व्यवसायिक प्रतिस्पर्धी समुह तथा व्यक्तिहरुको उक्साहटमा केही सञ्चार माध्यममा अनर्गल र भ्रामक समाचार प्रकाशित भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ  ।

गतवर्ष देखि वित्तीय कारोबार सुरु गरेको संस्थाले हालसम्म शेयर र निक्षेप गरि १२ करोड ननाघेको जनाएको छ । यस्तो अवस्थामा केही सञ्चार माध्यमले हब सहकारीले ५० करोड निक्षेप अन्तर सहकारी कारोबार गरी संकलन गरेको, सदस्यहरुले निक्षेप गरेको बचत रकम जोखिममा रहेको जस्ता भ्रामक समाचार प्रकाशित गरेको भन्दै खण्डन गरेको छ ।

संस्थाले सहकारी ऐन, २०७४ र सहकारी नियमावली २०७५ अनुसार संस्थाको स्विकृत विनियम बमोजिम सदस्यहरुसँग बचत र ऋणको कारोबार गरिरहेको प्रष्ट पारेको छ । 

साथै संस्थाले नेपाल राष्ट बैंकबाट स्विकृती प्राप्त बिद्युतीय भुक्तानी प्रदायक निकायसँग सहकार्य गरि सदस्यहरुलाई विनियममा व्यवस्था भए बमोजिम बिद्युतीय वित्तिय सेवा उपलब्ध गराउन लागेको जनाएको छ ।