शुभप्रवा सेभिङ्गको १३ औं स्थापना दिवसमा स्वास्थ्य शिविर, निःशुल्क औषधि वितरण

शुभप्रवा सेभिङ्गको १३ औं स्थापना दिवसमा स्वास्थ्य शिविर, निःशुल्क औषधि वितरण
समाचार | 2022-07-03 Share

काठमाडौं ।  शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले  १३ औं स्थापना दिवसको अवसर पारेर स्वास्थ्य शिविर आयोजना गरेको छ ।

संस्थाले नेपाल हर्ट फाउन्डेसन काठमाण्डौ शाखासँग सहकार्य गरेर आयोजना गरेको मुटु रोगसँग सम्बन्धित शिविरमा निःशुल्क औषधी वितरण गरेको थियो।साथै नेपाल रेड्क्रस सोसाईटी र लायन्स क्लबसँगको सहकार्यमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ । 

२०६७ साल असार १६ गते तत्कालीन डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएर संचालनमा आएको शुभप्रवाले छोटो समयमा आफ्ना सुचकांकहरुमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । 

संस्थाले आर्थिक कारोबारका अतिरित्त सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न सामाजिक, साँस्कृतिक र रचनात्मक कामहरु समेत गर्दै आएको जनाएको छ ।  

सदस्यहरुलाई प्रविधिमैत्री आधुनिक सेवा प्रदान गर्ने उद्देश्यले संस्थाले शुभप्रवा स्मार्ट एप मार्फत मोबाईल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड प्रविधिमार्फत स्क्यान गरेर भुक्तानी जस्ता सेवा प्रदान गर्दै आएको छ ।

यसैगरी संस्थाले विभिन्न रेमिट्यान्स सेवाप्रदायक कम्पनीहरुसंग सम्झौता गरेर सदस्यहरुलाई प्रभावकारी रेमिट सेवा समेत प्रदान गरेको छ । संस्थाको मुख्य कार्यालय चुच्चेपाटी र सेवा केन्द्र न्यूरोडमा रहेको छ । 

संस्थाका प्रमुख कार्यकारी निर्देशक फडिन्द्र कुमार खड्काले यस अवधिमा संस्थालाई प्रत्यक्ष वा अप्रत्यक्ष साथ र सहयोग गर्ने शेयर सदस्य, संचालक समित, लेखा समति, विभिन्न उपसमिति, कर्मचारी, नियामक निकाय, अभियानका छाता संघ लगायतलाई धन्यवाद ज्ञापन गर्नुभयो । आगामी दिनमा संस्थाको कारोबारलाई थप प्रविधिमैत्री बनाउँदै सरल, सहज र सुरक्षित बनाउने प्रतिवद्धता प्रकट गर्नुभयो । 

सहकारी मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गरी सञ्चालित उक्त संस्थाले सदस्यलाई केन्द्रमा राखेर वित्तीय एवं अन्य कारोबार गर्दै आएको छ ।