मोरंग जिल्ला बचत संघको आयोजनामा दुईदिने साकोस गोष्ठी

मोरंग जिल्ला बचत संघको आयोजनामा दुईदिने साकोस गोष्ठी
समाचार | 2022-07-03 Share

 पथरी । अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा मोरंग जिल्ला बचत तथा ऋण सहकारी संघले दुई दिने साकोस गोष्ठी आयोजना गरेको छ ।

मोरङको पथरी शनिश्चरेमा रहेको सिन भिलेज पार्टी प्यालेसमा सुरु भएको साकोस गोष्ठी असार १८ र १९ गते दुई दिन चल्ने छ । संघको अवधारण अन्तरगत प्रत्येक तीन  बर्षमा हुने सहकारी गोष्ठीको उद्घाटन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्यालले गर्नु भएको छ ।

गोष्ठीको उद्घाटन गर्दै प्रमुख खतिथी पौड्यालले सहकारीले अव सहकारी मानवता विरुद्घका आर्थिक, सामाजिक, सास्कृतिक र पर्यटनमा नलागि मानवता संग संगै अगाडि बढ्नु पर्ने बताउनु भएको छ ।

संघले सहकारीलाई उन्नत र ब्यावस्थित बनाउने उदेश्यका साथ २ दिने सहकारी गोष्ठीको आयोजना गरेको हो । संघको दुइ दिने कार्यक्रम अन्तरगत साकोस सञ्जालिकरण र प्रविधी, सहकारीको नियमन र प्रवद्र्धनमा नियामक निकायको भुमिका र सवालका क्षेत्रहरु, संघियतामा सहकारी ः स्थानिय तहको भुमिका, जोखिम न्यूनिकरण एवम सक्षम सहकारी विकासको आधार र आर्थिक समृद्धिको यात्रामा नेपालको सहकारी आन्दोलन लगायतका कार्यपत्र माथि छलफल हुने छ ।

सहकारीका समस्या र चुनैति माथि सहकारीका विज्ञहरुले  सहजिकर गर्ने गोष्ठीमा नेफ्स्कुनका महासचिव दामोदर अधिकारीले “साकोस सञ्जालिकरण र प्रविधी”, नेपाल सरकारका पुर्व सचिव गोपीनाथ मैनालीले “सहकारीको नियमन र प्रवद्र्धनमा नियामक निकायको भुमिका र सवालका क्षेत्रहरु”, जिल्ला बचत संघका पुर्व अध्यक्ष तथा कानेपोखरी गाउपालिका निवर्तमान अध्यक्ष ताराबहादुर काफ्लेले “संघियतामा सहकारी स्थानिय तहको भुमिका”, राष्ट्रिय सहकारी बैक लि. का प्रमुख कार्यकारी अधिकृत वद्रिनाथ गुरागाइले “जोखिम न्यूनिकरण एवम सक्षम सहकारी विकासको आधार” र प्रध्यपक डा. अर्जुन बरालले “आर्थिक समृद्धिको यात्रामा नेपालको सहकारी आन्दोलन” विषयक कार्यपत्र प्रस्तुत गर्नुहुनेछ  ।

२०५१ सालमा स्थापना भएको संघले बचत तथा ऋण सहकारी संस्थालाई वित्तिय तथा गैर वित्तिय सेवा प्रदान गर्दै सहजिकरण गोष्ठी संचालन गर्दै आएको छ ।
जिल्ला संघमा आवद्ध भएका २ सय ७१ वटा बचत तथा ऋण सहकारी संस्था र अन्य उदेश्यका सहकारी संस्था, संघमा आवद्ध नभएका बचत तथा ऋण सहकारी संस्थाले गोष्ठीमा सहभागिता जनाएका छन ।