देव दर्शन साकोसले 'प्रिमियम सिविएस' सफ्टवेयरबाट कारोबार गर्ने

देव दर्शन साकोसले 'प्रिमियम सिविएस' सफ्टवेयरबाट कारोबार गर्ने
समाचार | 2022-08-10 Share

काठमाडौं । चन्द्रागिरी नगरपालिका–५, स्थित देव दर्शन बचत तथा ऋण सहकारी संस्था प्रिमियम कोर बैकिङ सफ्टवेयर (प्रिमियम सिविएस) मा आवद्ध भएको छ । संस्थाले पुरानो सफ्टवेयरलाई परिवर्तन गरी वेब बेस्ड प्रविधियुक्त प्रिमियम सिविएसमा आवद्ध भएको हो ।

यस अघि संस्थाले पुमोरी सफ्टवेयर चलाउँदै आएको थियो । पुरानो सम्पूर्ण डाटा जस्ताको तस्तै सार्न समेत प्रिमियम टेक्नोलोजी सफल भएको छ ।

प्रिमियम कोर बैकिङ सफ्टवेयर आईएसओ ९००१ः२०१५ प्रमाणित सहकारी सफ्टवेयर हो । वेब बेस्ड प्रविधियुक्त कोर बैकिङ सिस्टम पछिल्लो समय सहकारीमा लोकप्रिय बन्दै गएको छ ।

अन्तर्राष्ट्रिय मान्यताप्राप्त यस सफ्टवेयर प्रिमियम टेक्नोलोजी प्रा.लि.ले निमार्ण गरेको हो । हाल देशभरका ३ सयभन्दा बढी सहकारी संघ/संस्थाले प्रयोग गर्दै आएको छ ।

कम्पनीले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइन नयाँ खाता खोल्ने र सदस्य पहिचान फारम अपडेट गर्न सकिने, ट्याबलेट बैंकिङ, लोन अटोमेशन र अन्य धेरै सेवा सुबिधाहरु प्रदान गर्दै आएको छ ।

प्रिमियम सफ्टवेयर पछिल्लो समयमा सहकारी संस्थाहरुद्वारा अत्याधिक रुचाइएको प्रविधि सेवा प्रदायक कम्पनी हो । अन्य कम्पनीको सफ्टवेयर प्रयोग गर्दै आएका सहकारीले पनि प्रिमियम सफ्टवेयर परिवर्तन गर्न थालेको कम्पनीले जनाएको छ ।

कम्पनीले सफ्टवेरमा दिएको फिचर, सेक्युरिटी लगायतले प्रिमियम सबैको रोजाईमा पर्न सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन वनले बताउनुभयो । प्रिमियम सफ्टवेयर प्रयोग गर्न चाहने सहकारी संस्थाले पुरानो सम्पूर्ण डाटा जस्ताको तस्तै सार्न सकिने उहाँले बताउनुभयो ।

चन्द्रागिरि नगरकै चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था, भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाले समय प्रिमियम सिविएस चलाउँदै आएको छ ।